धौलिगाड बृहत खानेपानी आयोजना नेपालको अर्को मेलम्ची : मन्त्री चौधरी

  ।   ५ चैत्र २०७८, शनिबार १४:५०

नेपालको हिमालय क्षेत्रको सबैभन्दा ठुलो २७० किलोमिटर लामो धौलिगाड बृहत खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । संघीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको शिलान्यास गरेका हुन । खानेपानी सरसफाई सबडिभिजन कार्यालय जुम्लाको मैदानमा उनले धौलिगाड खानेपानी आयोजनाको शिलान्यास गरेका हुन ।
मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना नेपालको अर्को मेलम्ची भएको बताए । उनले भने,‘काठमाण्डौ“को मेलम्ची चैत मसान्तभित्र सञ्चालनमा आउ“दैछ । जुम्लाको धौलिगाड बृहत खानेपानी आयोजनामा साढे दुई बर्षमै सकिनेछ । ’ बृहत धौलिगाड खानेपानी आयोजनाको १३ बर्षदेखि पहल अघि बढेको थियो । एक अर्ब २६ करोड लागतमा निर्माण हुन लागेको यो आयोजनाले साढे दुई बर्षभित्र स्थानीयको घरघरमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य राखेको छ । ’ म जुम्लाबासीलाई अढाइ बर्षभित्रै धौलिगाडको पानी खुवाउँछु । मन्त्री चौधरीले भने,‘यो आयोजना निर्माणमा ढिलासुस्ती हुनेछैन । ढिलासुस्ती नगर्न माताहतका कर्मचारीलाई निर्देशन दिएको छु ।’
नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले नेपाली नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ । शिक्षा,स्वास्थ्य खानेपानीमा राजनीति नगर्न आग्रह गर्दै मन्त्री चौधरीले विकास निर्माणमा सबैको होतमालो आवश्यक रहेकोमा जोड दिए । जलवायु परिवर्तनले हिमालमा पानीका मुहान सुक्दै गएको र तराईमा पानीको सतह घटेको स्मरण गराउ“दै मन्त्री चौधरीले सबै मिलेर पानीको मुहान संरक्षणमा लाग्नु पर्नेमा जोड दिए । शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशका पुर्वमन्त्री तथा सांसद नरेश भण्डारी,दीनबन्धु श्रेष्ठ,पुर्व राज्यमन्त्री बलबहादुर महत,खानेपानी मन्त्रालय सचिव र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागका महानिर्देशकले आयोजना सफलताको शुभकामना व्यक्त गरेका थिए ।
आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ छ । आयोजनाबाट चन्दननाथ नगरपालिका वडा नम्बर १–१०, गुठीचौर गाउँपालिकाका ३–५ र तातोपानी गाउँपालिकाको १–६ वडा गरी ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए । जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने गरी स्टमेट गरिएको छ । प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ । ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुने आयोजना प्रमुख न्यौपाने बताउँछन ।
संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने छ । प्रतिदिन जम्मा ४७ हजार ३२० लिटर पानी खपत हुनेछ । मुख्य पाइप लाइनको अधिकतम क्षमता प्रतिसेकेन्ड ६६ लिटर रहनेछ । आरसीसी पानी भण्डारण गर्ने ट्यांकी ३ सय घनमिटरको १ वटा, १५० घन मिटरको १ वटा, १२५ घनमिटरको २ वटा, १ सय घनमिटरको २ वटा, ७५ घनमिटरको ३ वटा र ५० घनमिटरको ४ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख छ । पानी वितरण गर्ने ट्यांकी ९ वटा, क्लोरिनेसन प्रणाली १३ वटा, प्रेसर घटाउने ट्यांकी १७ वटा बन्नेछन् ।
भल्व राख्ने संरचना पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने गरेर ६२ वटा ट्यांकी बन्नेछन् । हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ ।
जालीको घेरबार १३ वटा गेटसहित ८ सय मिटर बन्नेछ । खोलाको क्रसिङ ४ वटा, नदीको क्रसिङ ७ वटा, स्टिल पाइपका लागि प्रेसर थाम्ने ब्लक १६५ वटा, टेका राख्ने ब्लक ६० वटा, गार्ड बस्ने घर, शौचालयसहित १ वटा र पानी परीक्षण प्रयोगशाला १ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख रहेको आयोजना प्रमुख न्यौपाने बताउँछन ।
प्रेसर घटाउने संरचना ११ वटा, आगलागी निभाउन निकाल्ने ठाउँ १५ वटा, निजी धारा ८ हजार २९२ वटा, संस्थागत धारा ३१६ वटा, बाटोमा धारा जोड्ने संरचना १५० वटा, खोल्सा क्रसिङ २० वटा, सार्वजनिक शौचालय ५ वटा बन्नेछन् । मुख्य पाइप लाइनको लम्बाइ ६९ दशमलव २८ किलोमिटर रहनेछ भने वितरण शाखा पाइप लाइनको लम्बाइ २ सय दशमलव ४ किलोमिटर रहनेछ । पानी महसुल प्रतिघरधुरी न्यूनतम मासिक ५५ रुपैयाँ लाग्नेछ ।

Next Post

हुम्ला अस्पतालमा विशेषज्ञ सेवा शुरु

५ चैत्र २०७८, शनिबार १४:५०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्न विशेषज्ञ चिकित्सक पठाएको छ । एक महिना अघि देखि शुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिनको लागि विशेषज्ञ चिकित्सक पठाएको हो । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र स्वास्थ्य तथा […]