एमसीसीविरुद्ध सिँजामा नेमकिपाको आमसभा

  ।   ११ चैत्र २०७८, शुक्रबार ०७:०३

उमेश बुढा,नराकोट,

नेपाल मजदुर किसान पार्टीले एमसीसीविरुद्ध सिँजा गाउँपालिकाको केन्द्र नराकोटमा आमसभा गरेको छ । एमसीसीले देशमा निम्त्याएको संकटका बारेमा सर्वसाधारण नागरिकलाई सचेत बनाउन आमसभाको आयोजना गरिएको नेमकिपाले जनाएको छ । आमसभामा झण्डै तीन सय बढी जनताको सहभागिता रहेको थियो ।
नेमकिपा कर्णाली प्रदेश इन्चार्ज सुरोज गोसाइले सडकमा एमसीसीविरुद्ध आवाज उठाउने एकमात्र पार्टी नेमकिपा भएको बताए । जनतालाई एमसीसी चाहिएको छैन । आफ्नै पौरखले जनता बाँच्न चाहन्छन्,इन्चार्ज गोसाइले भने,‘दलाल पार्टीका शिर्ष नेतालाई एमसीसी चाहिएको हो । जसका कारण देश धरापमा राखेर एमसीसी पारीत गराए । ’
उनले एमसीसीविरुद्ध जनता काठमाण्डौमा ओर्लेर निर्णायक आन्दोलन गर्नुपर्नेमा जोड दिए । इन्चार्ज गोसाइले भने,‘दलाल नेताले संसदबाट एमसीसी पारीत गराएका छन । हामी जागेर सडकबाट एमसीसी खारेज गर्न बाध्य पार्नेछौँ । ’
सबै पार्टीे अमेरिकको रसदपानीले पालिएको भन्दै देश र जनताको रक्षाका निम्ति नेमकिपा मात्र आवाज उठाइरहेकोमा जोड दिए । नेमकिपाका नेता डिल्लीप्रसाद काफ्ले नेमकिपा देशको रक्षाको लागि खबरदारी गरिरहेको बताउँछन । उनले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सहभागिता जनाउने भन्दै प्रमुख एजेण्डा नै एमसीसी खारेजु हुनुपर्ने हुने बताए ।
नेता काफ्लेले नेपाली काँग्रेस र एमाले पार्टीलाई पुजीवादी, सामान्तवादी भनेर हिड्ने माओवादि केन्द्र नै नेपालको प्रमुख सामान्ति र पुजीवादी बन्दै गएको बताए । उनले एमसीसी खारेज गर्न नेमकिपालाई साथ दिनुपर्नेमा जोड दिए ।
केपी र प्रचण्डले काँग्रेस संग सकिदैन भनेर पार्टी एकता गरेका थिए । अहिले यी नै पार्टीमा खैलाबैला मच्चिएको छ । उनले भने,‘नेपाली जनता यीनिहरुका प्रत्यक्षदर्शी हुन । सबै क्रियाकलाप नजिकबाट नियालेर बसेका छन । यसको प्रतिक्रिया आगामी निर्वाचनमा राम्ररी दिनेछन भन्ने नेमकिपाले आशा गरिरहेको छ ।’
नेमकिपाले सिँजाको नराकोट बजारमा बाजागाजा सहित र्याली निकालेर बजार परिक्रममा गरेको थियो । कार्यक्रममा रक्त क्रान्तिको बाटो चम्कियो,यो देशमा सामान्तिको मुटु थर्कियो जस्ता गीतहरु पस्कनुका साथै नाचगान गरिएको नेमकिपा जुम्लाले जनाएको छ ।

Next Post

मेसिनले राडिपाखी बुन्न सहज बनाउँदै

११ चैत्र २०७८, शुक्रबार ०७:०३
पछिल्लो समयमा मेसिनले राडिपाखी बुन्न थालेपछि यहाँका किसानलाई निकै सहज बनाएको छ । पहिले एक हप्तामा एउटा राडि या पाखी बुन्दै आएका यहाँका किसानले अहिले मेसिनको प्रयोगले सहजै रुपमा राडिपाखी बुन्न थालेका हुन । हातले राडिपाखी बुन्दै आइराखेका जुम्ला तातोपानी गाउँपालिका ७ सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुवर मेसिनले राडिपाखी बुनेर आत्मनिर्भर […]

सम्बन्धित