दिल्लीको लगातार दोस्रो जित

  ।   १० आश्विन २०७७, शनिबार ०६:१५

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको आफ्नो दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १३१ रन बनायो ।

चेन्नईका लागि फाप डू प्लेसिसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै केदार ज्यादवले. २६ रन बनाउँदा कप्तान एम एस धोनीले १५ रन जोडे । बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अरिच नार्टेजीले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वि सवले अर्धशतकीय पारी खेलेका थिए । ४३ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा ६४ रन बनाएका हुन् । त्यस्तै रिशव पन्तले ३७ रन बनाउँदा शिखर धावनले ३५ रन तथा कप्तान शेयस ऐरले २६ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि प्रिउस चावलाले दुई विकेट लिए । त्यस्तै श्याम करनले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लेको छ । दुई खेल खेलेको दिल्ली ४ अंक सहित शीर्ष स्थानमा छ ।

Next Post

युक्रेनमा सैन्य विमान दुर्घटना, २२ जनाको मृत्यु

१० आश्विन २०७७, शनिबार ०६:१५
काठमाडौं । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेका थिए ।