चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने

  ।   २४ चैत्र २०७८, बिहीबार १५:२८

गोल्डेन बुढा,

यही चैत २६ गते कर्णालीमा तेस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने ध्यायले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ ।
कर्णाली स्पोट्स क्लव जुम्लाको आयोजनामा हुन लागेको जुम्ला रारा अल्ट्रा म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्ने भएका छन । क्लवले पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको सम्पुर्ण तयारी पुरा भइसकेको जनाएको छ ।
कर्णाली स्पोट्स क्लवका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्वबारे दर्शाउन र समग्र समाजमा खेल संस्कृतिको विकास गराउन म्याराथनको निकै ठुलो भुमिका हुनेमा जोड दिए । म्याराथनले कर्णालीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
अल्ट्रा म्याराथन भनेको प्रकतिका सवै पक्षहरुमा साहसिक अनुभव बटुल्ने बाटो हो । जुन अन्तरिक रुपमा आरामदायी हुन्छ,विश्वकृतिमानी धावक हरीबहादुर रोकायाले भने,‘अल्ट्रा दौड्नेहरुले आफ्नो सिमा र समुदायको भावना खोज्छ । यो सर्यास्तमा रमाइलो गर्ने,गाउ“ठाउ“मा रमाउने,पहाडमा दौडदै प्रवाहको अवस्थामा पुग्दा शान्तिको आनन्द लिने माध्यम पनि हो । ’
कर्णाली स्पोट्स क्लवका अनुसार हाल सम्म ४९ किलोमिटरको म्याराथनमा दौड्न ६० जनाले नाम दर्ता गरेका छन । ५ किलोमिटर दौडका लागि १५६ जना र ५ किलोमिटर खुला दौडका लागि २ सय बढी खेलाडीले सहभागिता जनाउने भएका हुन ।
म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैया“ पाउनेछ । द्धितियले ६२ हजार ५ सय,तृतियले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ६ हजार पा“च सय रुपैया“ पुरस्कार पाउनेछन् ।
५ किलोमिटर तर्फ प्रथमलाई १० हजार,द्धितियलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार रुपैया“ पुरस्कारको व्यवस्था गरिएको छ । ५ किलोमिटर खुला तर्फको प्रथमलाई ३ हजार, द्धितियलाई २ हजार र तृतियलाई १ हजार रुपैया“ पुरस्कार दिइने कर्णाली स्पोट्स क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
कर्णाली स्पोट्स क्लव २०६४ साल देखि जिल्ला खेलकुद विकास समितिमा दर्ता भइ जुम्लामा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिदै आएको छ । खेलकुदको विकास र सामाजिक तथा बालबालिकाको उत्थानका क्षेत्रमा काम गर्दै आइरहेको क्ल्वले जनाएको छ ।
म्याराथनमा बुद्धविर लामा, बैकुण्ठ मानान्धर,धर्म महर्जनको खेलाडीले सहभागिता जनाउनेछन । म्याराथनमा ९ जिल्लाका खेलाडीले सहभागिता जनाउनेछन । जहाजको अनियमितताका कारण विदेशी १४ खेलाडीले भाग लिन पाएनन । जुम्ला सदरमुकाम खलंगाको चन्दननाथ मन्दिर अगाडिबाट शुरु भएको म्याराथन चेरे लेक हुदै बुलबुले हुदै रारातालमा गएर सकिने छ । म्याराथन रुटको झण्डै ५ ठाउ“मा चेकप्वाइन्ट राखिने छ । म्याराथनमा एक जना भारतको खेलाडी पनि भाग लिनेछन ।

Next Post

जुम्लामा सुचनाको हक सम्बन्धी अभिमुखीकरण

२४ चैत्र २०७८, बिहीबार १५:२८
जुम्लामा सुचनाको हक कार्यन्वयन सम्बन्धी अभिमुखीकरण सकिएको छ । अभिमुखीकरण कार्यक्रममा सुचनको हक कार्यन्वयनमा कर्णाली फितलो देखिएको बताइएको छ ।  कर्णालीमा हरेक सरकारी कार्यालयमा सुचना अधिकार तोकिएपनि प्रभावकारी रुपमा सुचना उपलब्ध गराउन नसकेको गुनासो बढेको हो । सुचना पारदर्शीता कायम गराउने एक सशक्त माध्यम भएपनि अधिकांस सुचना लुकाउने गर्नाले समस्या […]

सम्बन्धित