पातारासीको बागजाले पाटनमा परेको चट्याङले ८० भेडा मरे ३ सय बेपता

  ।   १८ असार २०७९, शनिबार १५:४५

गोल्डेन बुढा जुम्ला
पातारासी गाउँपालिकाको बागजाले भन्ने पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । भने ३ सय भेडा बेपता छन् ।१७ गते बेलुकी ३ बजे तिर बागजाले भन्ने ठाउमा परेको चट्याङले पातारासी गाउपालिका ४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका परेका हुन। अप्ठ्यारो भिड भएकाले खोजतलास गर्ने कठिनाइ भएको पातारासी गाउँपालिका अन्गर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए।

प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया भेडा ६० मरेको १८ बेपता ,राम बहादुर रेउलेका भेडा १ सय ७० मरेको २२ बेपता ,संकर नेपाली भेडा २० मरेको १० बेपता ,धर्म रेउले भेडा ६० मरेको २० बेपता र मान बहादुर रोकाया भेडा ७० मरेको १० बेपता बताइएको छ।

Next Post

जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप पालिका घोषणा

१८ असार २०७९, शनिबार १५:४५
जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेर पातारासीलाई […]

सम्बन्धित