दुर्गम क्षेत्रका किशोरी १५ वर्षमै आमा बन्दै

  ।   २१ असार २०७९, मंगलवार १८:५१

मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि जुम्लाका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ ।

जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या ह्वातै बढेको पाइन्छ । पातारासी ४ मा पर्ने डिल्लीचौर स्वास्थ्य चौकीको तथ्यांक केलाउँदा १२ जना किशोरीहरु १५ वर्षमै आमा बन्दै छन । चालु आर्थिक वर्षको तथ्यांक हेर्ने हो । भने उमेरको आधारमा स्वास्थ्य चौकीमा १२ जना किशोरीले २० वर्ष नपुग्दै विवाह गरेको पाइएको छ ।

५२ जना किशोरीहरु आमा बन्दै छन्। जस मध्ये दर्जनौ किशोरीको उमेर पुगेको छैन्। डिल्लीचौर स्वास्थ्य चौकीमा नियमित गर्भ चेकजाँच गर्न आउने किशोरीहरु प्रायः २० वर्ष मुनिका रहेको सिनियर अनमी केमा लामा रावलले बताइन् । २० वर्ष नपुग्दै गर्भ जाँच गराउने किशोरीहरूको संख्या हेर्दा बालविवाहको अबस्था अझै भयावह रहेको देखिन्छ।

शिक्षा, चेतनाको अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान रहेको छ । जसका कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य,रोजगारका अवसरबाट बन्चित हुनुपर्नेमा बाध्यता कायमै रहेको छ । उनका अनुसार ८–१० कक्षासम्म अध्ययन गर्ने १५–१७ वर्ष उमेर समूहका छात्राको बढी छन्।

स्थानीय तहले बालविवाहलाई पूर्ण रूपमा विस्थापित गर्ने योजना बनाएका छन्, तर प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकेका छैनन। बालविवाहलाई गाउँपालिकामा निषेध गर्ने निर्णय गरिएको छ । प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन सकिएको छैन, तर प्रयत्न भने भइरहेको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आव २०७७र७८ मा जुम्लाका आठै तहका ८ सय ६० जना २० वर्षमुनिका बालिकाहरू गर्भवती भएका थिए।

Next Post

तीन महिनामा अधिक विकास बजेट खर्च

२१ असार २०७९, मंगलवार १८:५१
जुम्लामा विकास बजेट तीन महिनामा मात्र अधिक खर्च हुने गरेको छ । बैशाख, जेठ र असार महिनामा मात्र विकास बजेट अधिक खर्च हुने गरेको हो । अख्तियारी समयमै नआउनु, दसैं र तिहार चाडपर्व र हिउँदमा विकास निर्माणका काम हुन नसक्नुले बजेट खर्च हुन सक्दैन । प्रदेश लेखा इकाई कार्यालय जुम्लाका […]