तीन महिनामा अधिक विकास बजेट खर्च

  ।   २२ असार २०७९, बुधबार १७:४२

जुम्लामा विकास बजेट तीन महिनामा मात्र अधिक खर्च हुने गरेको छ । बैशाख, जेठ र असार महिनामा मात्र विकास बजेट अधिक खर्च हुने गरेको हो ।

अख्तियारी समयमै नआउनु, दसैं र तिहार चाडपर्व र हिउँदमा विकास निर्माणका काम हुन नसक्नुले बजेट खर्च हुन सक्दैन । प्रदेश लेखा इकाई कार्यालय जुम्लाका प्रमुख लेखा नियन्त्रक धनप्रसाद शर्माले जेठ र असार महिनामा मात्र विकास बजेटको खर्च हुने गरेको बताए ।

उनका अनुसार असार १९ गते सम्म ९३ करोड ५० लाख ४ हजार ३ सय ८२ रुपैयाँ मात्र खर्च भएको छ । कर्णाली प्रदेश सरकारले जुम्लामा २ अर्ब ३४ करोड २ लाख ३ हजार रुपैयाँ पठाएको थियो । हाल सम्म ३९।९५ प्रतिशत मात्र बजेट खर्च भएको हो ।

सरकार परिवर्तन,मन्त्रिमण्डल हेरफेर, कर्मचारीको सरुवा बढुवाका कारण पनि बजेट खर्च हुन नसकेको विज्ञहरु बताउँछन् । फागुन चैत महिनामा उपभोक्ता समिति गठन, योजना सम्झौता, बोलपत्र आव्हान लगायतका काम गरिन्छ । बैशाख महिना देखि मात्र विकास निर्माणका काम सुरु हुन्छन ।

लेखा नियन्त्रक शर्माले तीन महिनामा २७।१५ प्रतिशत रकम भएको जनाए । यो वर्ष ७० प्रतिशत रकम खर्च गर्ने लक्ष्य रहेको छ । गत वर्ष २ अर्ब ३० करोड रकम आएकोमा १ अर्ब ७९ करोड रकम खर्च भएको थियो । लेखा नियन्त्रक शर्माले यो बर्ष असार १२ गते एकै दिन ५ करोड ४३ लाख रुपैयाँ खर्च भएको बताए ।

असार १९ गतेसम्म ३ करोड ७७ लाख ४२ हजार रुपैयाँ खर्च भएको थियो ।

Next Post

मुहान सुकेपछि काकाकुल खलंगा

२२ असार २०७९, बुधबार १७:४२
खलंगाकी अष्टलक्ष्मी भण्डारी दैनिकजसो बिहानै खानेपानीको जोहो गर्न जुगाड खोलातिर लाग्छिन् । उनको बिहान र बेलुकाको झन्डै २ घण्टा पानीको जोहो गर्नमै बित्छ । खलंगाको सबै घरमा धारा जडान गरिएको छ । तर खानेपानी धारामा हप्ता दिनदेखि पानी नझर्दा उनलाई जुगाडखोलाको पानी ल्याउनुपर्ने बाध्यता भएको हो । ‘धारा भएर के गर्ने रु पानी नै आउँदैन,’ […]