पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

  ।   ३१ असार २०७९, शुक्रबार ०७:२९

गोल्डेन बुढा
जुम्लाको हिमा गाउँपालिका (१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। राति करिब साढे २ वजे आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी चौकी बड्किका अनुसार राति बत्ती किन गयो भनेर हेर्न जादा एकासी घर भासिएको थियो । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी राती नै घटनास्थलमा पुगेको थियो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।

Next Post

त्रि–विधेयक पारित गराउन दबाब दिँदै विधेयक सरोकार समाज

३१ असार २०७९, शुक्रबार ०७:२९
गोल्डेन बुढा कर्णाली समृद्धिका पिलर (खम्बा) मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राख्दै ‘विधेयक सरोकार समाज’ कर्णालीले दबाबमूलक कार्यक्रमको घोषणा गरेको छ ।सरोकार समाजले वीरेन्द्रनगर ७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक अगाडि आज शुक्रबार दिउसो १ः३० बजे विधेयक पारितका लागि दबाबमूलक कार्यक्रम राखेको हो । समाजले समृद्ध कर्णाली निर्माणमा योगदान […]

सम्बन्धित