निर्माण नसकिँदै चर्कियो सिंजाखोला पक्की पुल

  ।   ३२ असार २०७९, शनिबार १५:२९

कर्णाली राजमार्गको जुम्ला(कालिकोट जोड्ने सिंजाखोला पक्की पुलमा गाडी चढेर सयर गर्ने कर्णालीवासीको सपना ६ वर्षसम्म पनि पूरा हुन सकेन । कहिले पुलको काम नै सुरु नहुने, कहिले काम सुरु भएर पनि रोकिने र कहिले निर्माण गरिएको पुलको संरचनासमेत भत्किने जस्ता समस्याले सिंजाखोलाको पक्की पुलमा यात्रा गर्ने कर्णालीवासीको सपना अधुरै बनेको छ ।सिंजा खोला पुलले कालिकोट र जुम्लाको सिमाना नाग्म बजारलाई जोड्छ ।

अहिले बेलिब्रिजमा सवारीसाधन आवतजावत गरिरहेकोमा पुल जीर्ण भइसकेकोले यात्रा सुरक्षित छ भन्न सकिने अवस्था छैन । तिला ७ का कृष्णबहादुर बुढाले पक्की पुल बन्ने भनिएको ६ वर्षसम्म पनि बन्न नसक्नु दुःखद भएको बताए ।उनले भने,‘सँगै काम थालिएका कर्णाली राजमार्गका अन्य पुल बनेर सञ्चालनमा आइसकेका छन् । तर सिंजाखोलामा बनाउन लागेको पुल जहिल्यै पनि निर्माणाधीन अवस्थामै रहन्छ । यो कसको लापरबाहीले हो तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने देखिन्छ ।उनले यही असार महिनाभित्र पुल बनेर सञ्चालनमा आउने आसा गरेको बताए ।

 

तर पुल निर्माणको अन्तिम चरणमा प्रिटेस्ट गर्दा पुलको बीचको भाग नै चर्किएपछि झन् अन्योल सिर्जना भएको छ ।लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै पुल चर्किनु बिडम्वना नै रहेको स्थानीय अगुवाहरू बताउँछन् । ुअसार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भइरहेको थियो । पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माणको काम रोकिएको छ,’ सडक डिभिजन सुर्खेतका इन्जिनियर तुलाराम शर्माले भने ।सञ्चालनमा नआउँदै पुल चर्किनु को कारण के हो रु भन्ने बारेमा छानबिन गर्न कर्णालीवासीले माग गरेका छन् ।

स्थानीय खड्कबहादुर खत्रीले मृत्यु मार्गको रुपमा चिनिएको कर्णाली राजमार्गमा बन्ने पुलका सन्दर्भमा सरकार र निर्माण कम्पनी दुबै गैरजिम्मेवार बनेको तर्क गरे । उनले भने, ‘विभिन्न बहाना बनाउँदै पुल निर्माणको काम धकेल्दै जाने तर सरकार म्याद थप्दै ठेकेदार कम्पनीलाई सहज बनाउँदै जाने हो भने अबको दस वर्ष सम्म पनि पुल बन्न सक्ने अवस्था छैन ।सिंजाखोला पुल निर्माणको कामका लागि २०७४ कात्तिक ३० गते सुर्खेतस्थित सूर्य कन्ट्रक्सन प्रालिसँग सम्झौता भइसकेको थियो । सम्झौतामा २०७५ चैत १४ गते पुलको निर्माण कार्य सकिएर सवारीसाधन आउजाउ गराउने उल्लेख छ ।

तर ६ वर्षसम्म पनि पुल बनिरहेको छैन । धौ धौ गरेर बनेको पुलसमेत बीचैमा चर्किएको छकमसल सामग्रीको प्रयोग र कमजोर जनशक्ति पुल निर्माणमा खटाइएपछि पुल चर्किएको हुनसक्ने आशंका गर्न थालिएको छ । सम्झौतामा कर्णाली राजमार्गको छिडेना र सिंजाखोला पुलको एउटै ठेक्का बनाइएको छ । जसमा एकमुष्ट रकम १३ करोड रुपैयाँ रहेको छ ।ुसुरुदेखि नै सिंजा खोला पुल निर्माणमा अवरुद्ध सिर्जना हुँदै आएको थियो ।

पुलको पहिलो डिजाइन नै गलत थियो । जसले सम्झौता गर्दाको वर्षका पुल निर्माणको काम अघि बढ्न सकेन,ु इन्जिनियर शर्माले भने,‘अर्को डिजाइन गर्नुपर्ने भयो । पहिलो ठेक्का सम्झौताको अवधि डिजाइनमै बित्यो ।ठेक्का नं। ३ मा रहेको सिंजाखोला पुल यो वर्ष सकिने गरि म्याद थप गरिएको थियो । तर पुल नै चर्किएपछि पुल निर्माणको कामसमेत अनिश्चित बनेको छ । इन्जिनियर शर्मा पहिले ढलान गरेर केबल तान्ने खालको पुल भएकोले समस्या आएको बताए ।अब पुललाई ग्राउटिङ गरेर पुर्न स्टेसिङ गरेर मात्र निर्माण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

उनले भने,‘प्रिस्टेस गर्दा पुल चर्किएको छ । फेरि ग्राउटिङ गर्नुपर्छ । जसका लागि नेपालमा उपकरण र जनशक्ति पाइँदैन । भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्र काम अघि बढ्छ ।ग्राउटिङ गरेर पुल कण्डिसनमा ल्याएपछि मात्र प्रिस्टेस गर्न मिल्छ । प्रिस्टेस गर्दा पुल चर्कियो । चर्किएको देखिँदा देखिँदै गाडी चलाउन मिलेन । पुलको भित्रिभाग समेत चर्किएको छकि हेर्नु पर्ने अवस्था देखियो,इन्जीनियर शर्माले भने,‘भारतीय विज्ञसँग छलफल भइसकेको छ । साउन पहिलो सातामै आएर दरार आएको ठाउँमा दबाब दिएर बनाइ करेक्सन हुनेछ ।उनले दसैं अघिसम्म पुलमा गाडी गुडाउन मिल्ने बताए ।

अहिलेसम्म तीन पटक पुलको म्याद थपिसकिएको छ । रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ ।कर्णाली राजमार्गमा आधा दर्जन बढी पुल बन्न लागेकोमा सिंजाखोला पुल मात्र बन्न बाँकी छ । इन्जिनियर शर्माले कमसल सामाग्रीको प्रयोग नभइ स्टेसिङ गर्दा समस्या आएको जिकिर गरे । उनका अनुसार प्रिस्टेसको पुल कर्णालीमा कतै छैन ।

हाइअल्टिच्युडमा पहिलो पटक फरक टेक्नोलोजीको पुल बनाउँदा समस्या आएको उनको भनाइ छ । पुल निर्माणको काम गर्दा कत्तिको तापक्रम थियो वा दक्ष जनशक्तिको प्रयोग भइरहेको थियो कि थिएन भन्ने कुराले पनि फरक पार्ने उनले बताए ।ुपुल निर्माणको काम गर्दा जुम्लाको तापक्रम २१ देखि २२ डिग्री सेल्सियस थियो । चर्किएको पुल कन्ट्रयाक्टरले नबनाएसम्म सवारीसाधन चल्न दिइँदैन । अहिले गाडी गुडाउँदा त कुनै फरक पर्दैन ।

सयौं वर्ष गाडी गुडाउनुपर्छ खेलाँची त गर्नु भएन,’ इन्जिनियर शर्माले भने ।इन्जिनियर शर्माका अनुसार अहिलेसम्म काम गरेको कन्ट्रयाक्टरले भुक्तानी पाएको छैन । पुल सबै हिसाबले परीपक्क नबनाइँदासम्म भुक्तानी नदिने र अहिलेसम्म प्रयोगमा आएको टेक्नोलोजी फेल भएमा फेरि भत्काएर बनाउनु पर्ने पनि शर्माको भनाइ छ । सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाई ११ मिटर छ । यो पुलले ५० टन लोड धान्ने बताइएको छ ।

Next Post

धान फल्ने ज्युलो मकैबारीमा परिणत

३२ असार २०७९, शनिबार १५:२९
जुम्ला जिल्लाको साविकको डिल्लीचौर गाविस र अहिलेको पातारासी गाउँपालिका वडा नम्बर ४ तिर्खु ज्युलोमा कालीमार्सी धान रोपिन्थ्यो। गुणस्तरीय धान उत्पादन हुन्थ्यो। किसान जोश, जाँगरका साथ खेती गर्थे। तर दशकयता त्यो ज्युलोमा न धान झुलेको छ, न धान लगाउने प्रयत्न नै गरिएको छ। बरु धान फल्ने फाँट भरी मकै खेती गरिएको […]

सम्बन्धित