धान फल्ने ज्युलो मकैबारीमा परिणत

  ।   २ श्रावण २०७९, सोमबार ११:३९

जुम्ला जिल्लाको साविकको डिल्लीचौर गाविस र अहिलेको पातारासी गाउँपालिका वडा नम्बर ४ तिर्खु ज्युलोमा कालीमार्सी धान रोपिन्थ्यो। गुणस्तरीय धान उत्पादन हुन्थ्यो। किसान जोश, जाँगरका साथ खेती गर्थे। तर दशकयता त्यो ज्युलोमा न धान झुलेको छ, न धान लगाउने प्रयत्न नै गरिएको छ। बरु धान फल्ने फाँट भरी मकै खेती गरिएको छ। धान अहिले हराइसकेको छ। धान खेतीमा किसान जाँगर चलाउँदैनन् ।

कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै छ। धानमा मेहनत बढी र सो अनुसार उब्जनी नहुने भएकाले किसान मकैमा आकर्षित भएका हुन्। विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो जुम्लाको पातारासी गाउँपालिका मै पर्छ। तिर्खु ज्युलोमा धान रोप्दा छुमचौर ज्युलो पनि शोभनीय देखिन्थ्यो। अहिले यहाँ मार्सी धान लोप भइसकेको छ।

यहाँका बासिन्दा चामल बजारको उपयोग गर्छन्, धान लगाउने खेतमा मकै रोप्छन्। धान रोप्दा लगानी अनुसार उत्पादन नभएपछि मकै बालीमा लागेको किसान बताउँछन्। यस क्षेत्रको दुई सय घरधुरीले रोप्ने तिखु ज्युलो अहिले मकैबारीमा परिणत भएको छ । धान खेतलाई चाहिने सिचाँइ कुलो पुरिएका छन्। किसान सिचाँइ कुलो बनाउने पक्षमा छैनन्।

धान फल्ने ज्युलोमा मकै लगाउनु किसानको रहर नभएर बाध्यता भएको स्थानीय गोरबहादुर बुढा बताउँछन्। मार्सी धानमा विभिन्न रोगको संक्रमण देखिएपछि किसान धानखेतीमा दिक्क भएको उनले बताए।

Next Post

जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

२ श्रावण २०७९, सोमबार ११:३९
जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए […]