चट्याङमा भेडा गुमाएका कृषकलाई राहत वितरण

  ।   २ श्रावण २०७९, सोमबार ११:५०

पातारासी गाउँपालिका वडा नम्बर ४ लुमका चट्याङमा परि भेडा गुमाएका पाँच जना कृषकलाई राहत वितरण गरिएको छ। कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा। लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य, प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई राहत वितरण गरेका हुन् ।

कृषकहरुलाई कूल ५ लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ । यसमध्ये धर्मसिंह रिउले १ लाख ४४ हजार, सुक रिउले १ लाख ७६ हजार, मान बहादुर रोकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जोरा रोकाया ८० हजार पाएका हुन् । प्रति भेडाको चार हजार दरले वितरण गरिएको पशु सेवा कार्यलय जुम्ला प्रमुख गोविन्द बहादुर महतले बताए ।

गत असार १७ गते पातारासी वडा नम्बर ४ मा पर्ने बागजाले पाटनका चट्याङ परि पाँच जना कृषकका ८० वटा भेडा मरेका थिए भने ३ सय भेडा हराएका थिए। राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सुर्खेतका सचिव दाहालले किसानले अनिवार्य बीमा गर्नुपर्ने बताए ।

Next Post

विधेयक पारित गर्न दबाब दिँदै सडकमा उत्रिएका सांसद भण्डारी भन्छन्– सदन र सडकमा एक साथ संघर्ष गर्छु

२ श्रावण २०७९, सोमबार ११:५०
कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले सडकमै उत्रिएर विरोध प्रदर्शन गरे । सरकारले विभिन्न विधेयक पारित गर्न आलटाल गरेको भन्दै उनी विरोध प्रदर्शनमा उत्रिएका थिए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भण्डारीले संसदमा टेबल गरिएको विधेयक पारित गर्न सरकार अनिच्छुक देखिएको आरोप लगाएका छन् । संसदमा […]