जुम्लाको पातारासी गाउँपालिका तालाबन्दी:कामकाज ठप्प

  ।   ३ श्रावण २०७९, मंगलवार ११:२८

जुम्लाको पातारासी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गरेको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ । गत असार महिनाको ८ गते पालिकालाई २२ बुँदे माग राख्दै आए पनि कार्यन्वयनमा तदारुकता नदेखाएको भन्दै माओवादी केन्द्र गाउँ कमिटीले ताला लगाएको हो ।माओवादी केन्द्र पातारासीका गाउँपालिका अध्यक्ष भक्तबहादुर बुढाले स्थानीय सरकार मनपरी रूपमा चलेकोले ताला लगाउन बाध्य भएको जानकारी दिए ।

गाउँसभा अगावै सरकारलाई माग पत्र दिएका थियौं ।अध्यक्ष बुढाले भने।माग उपर न छलफल भयो नत माग सम्बोधनको प्रक्रिया नै अघि बढ्यो । बाध्य भएर ताला लगाउने अवस्थामा पुग्यौं । माओवादी केन्द्रले गाउँपालिका डिजिटल हुनुपर्ने,जुम्ला सदरमुकाम खलंगामा रहेको सम्पर्क कार्यालय खारेज गरिनुपर्ने,शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत जगतबहादुर शाही विद्यालयमा फिर्ता हुनुपर्ने,बढ्दो पेट्रोलियम पदार्थको खपत कम गर्दै आर्थिक अनियमितता रोक्नु पर्ने माग राखेको थियो ।सामाजिक सुरक्षाभत्ता समयमै उपलब्ध गराइनु पर्ने,पहिलेका जनप्रतिनिधिले प्रयोग गरेका सबै सम्पत्ति पालिकामा बुझाउनु पर्नेलगायतका माग राखेर पालिकाको ध्यानाकर्षण गराएको थियो ।

माओवादी केन्द्रले राखेका कुनै पनि मागको सम्बोधन हुन नसकेपछि पालिकामा तालाबन्दी गरिएको अध्यक्ष बुढाले बताए ।गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले माओवादीले पालिकामा हस्तक्षेपकारी कदम चाल्नु गलत भएको प्रतिक्रिया दिए ।

माओवादीबाट निर्वाचित उपाध्यक्ष जनमाया बोहोरालाई बोलाएर गाउँसभामा गलत हर्कत प्रस्तुत गरेको आरोप उनको छ ।अध्यक्ष बोहोराले भने।पालिकामा कुन पनि पार्टीले हस्तक्षेप गर्नु उचित हुन सक्दैन । उनीहरुले राखेका सबै माग सम्बोधन समेत हुन सक्दैनन् । बरु वडास्तरीय योजना तर्जुमा प्रक्रियाबाट आएका योजनालाई मात्रै गाउँसभाले मान्यता दिन सक्छ । विधि र प्रक्रिया नपुगी पेस गरिएका माग सम्बोधन हुनै सक्दैन ।

उनले शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत जगतबहादुर शाहीलाई पहिलेको सरकारले काजमा राखेर काम चलाउादै आएको र अहिलेको सरकारले गहन अध्ययन गरेर मात्र निर्णयमा पुग्ने स्पष्ट पारे ।सदरमुकाम खलंगामा रहेको कार्यालय नयाँ आर्थिक वर्षको सुरुवातसँगै खारेज भइरहेको जानकारी दिए । माओवादी केन्द्रले राखेका जायज मागमाथि छलफल गरेर टुंगोमा पुग्नको लागि पालिका सरकार सकारात्मक भएको उनको भनाइ छ ।

Next Post

३ श्रावण २०७९, मंगलवार ११:२८
जीर्ण बन्दै डोरबहादुरले बनाएका संरचना पातारासी गाउँपालिका–५ चौधबीसस्थित जप्नगाउँका ६२ वर्षीय पूर्णबहादुर बुढाले मानवशास्त्री डोरबहादुर बिष्टको प्रतीक्षा गर्न थालेको झन्डै २६ वर्ष पुग्न लाग्यो । ‘न केही खबर पाइयो न खोजखबरीको खबर सुनियो,’ उनले भने, ‘अझै पनि उनी फर्किन्छन् भन्ने आशा छ ।’ उनका छिमेकी हरिचन्द्र बुढा पनि चौधबीस क्षेत्र बदल्ने डोरबहादुरको […]