अपराध अनुसन्धानकार्यलाई परिणामुखी बनाउन डिआइजी पोख्रेलको निर्देशन

  ।   २२ भाद्र २०७९, बुधबार १४:५९

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोषराज पाख्रेलले जिल्ला प्रहरी कार्यालय जुम्लाको निरीक्षण भ्रमण गरेका छन । उनले प्रहरी कार्यालयको हिरासत कक्ष लगायतका जिल्ला प्रहरी कार्यालय जुम्लामा रहेका सबै शाखाको निरीक्षण गरेका हुन ।
उनले जिल्ला प्रहरी कार्यालय जुम्लालाई अपराध अनुसन्धानको कार्यलाई परिणामुखी बनाउन निर्देशन दिएका थिए । प्रहरी कार्यालय प्रविधिमैत्री हुनुपर्ने,प्रहरी सेवा प्रवाह पारदर्शी र सेवाग्राही मैत्री हुनुपर्नेमा जोड दिदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले सेवा सहज बनाउन र सबैको सहज पहुंच पुग्ने गरी समान व्यवहार र मानवअधिकारको पालना गर्दै कार्य गर्न सुझाएका हुन ।
प्रहरी नायव महानिरीक्षक पोख्रेलले समाजमा हुने अपराधिक गतिविधि न्युनिकरण गर्न सचेतनामुलक कार्यक्रमहरुको निरन्तरता दिनुपर्ने बताए । उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँदै नागरिक प्रहरी सम्बन्ध सुमधुर बनाउनु पर्ने बताएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक पोख्रेलले जुम्लामा भइरहेको अपराधिक गतिविधि र समग्र सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका थिए ।