जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  ।   १८ आश्विन २०७९, मंगलवार १४:१४

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको लागि जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । एक औपचारीक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन ।
समन्वय समितिका प्रमुख आचार्यले जनता माझ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्देश पुगिसकेको बताए । उनले भने,‘निर्वाचन प्रजातन्त्रको आधारस्तम्भ हो । निर्वाचन स्वच्छ,भयरहित वातावरणमा सकाउन सबै हातेमालो गर्न जरुरी छ । ’ जुम्ला जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त प्रमुख अभिनन्द चौलागाईले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायधिस विष्ण्ुाप्रसाद गौतम तोकिएका छन । उनी कामको शिलशिलामा जिल्ला बाहिर रहेपनि कार्यालय स्थापना भइसकेको हो । उनलाई प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बुथ कब्जा हुने संभावना भएकाले सुरक्षामा विशेष ध्यान दिन जिल्ला समन्वय समितिका प्रमुख आचार्यको सुझाव थियो ।
प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनु सबै राजनीतिक दलहरुको महत्वपुर्ण भुमिका हुनेमा जोड दिए । उनले भने,‘एकिकृत सुरक्षा योजना निर्माण गरेर निर्वाचनको बेला शान्ति सुरक्षा कायम गरिनेछ,। ट्रेड युनियनमा आवद्ध भई सक्रिय रुपमा राजनीतिमा लागि परेका निजामति कर्मचारीलाई निर्वाचन प्रक्रियामा सहभागि गराइने छैन् । ’
उनले असोज १२ गते राति देखि निर्वाचन आचारसंहिता लागु भइसकेकोले कार्यन्वयनमा कन्जुस्याइ“ नगर्न आग्रह गरे । नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले मतदान अधिकृतबाट निर्वाचनमा गलत काम हुने भएकाले सचेत हुनु पर्ने बताए । ’गणतन्त्र र लोकतन्त्र रक्षाको लागि निर्वाचन महत्वपूर्ण छ,’ उनले भने, ’आउने निर्वाचनले गणतन्त्र र लोकतन्त्रलाई स्थापित गर्नेछ । गणतन्त्र स्थापनापछि दोस्रो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ऐतिहासिक छ ।’ उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले निर्वाचनका लागि चाहिने सामग्री जुम्लाका व्यापारीबाट पनि खरिद गरिनु पर्ने धारणा गरे । सबै सामग्री बाहिरबाट आउ“दा व्यापारी मर्कामा पर्ने सम्भावना हुन्छ‘ उनले भने,‘जिल्लामा पाइने सामान जिल्लाका ब्यापारीबाटै खरिद गर्न आग्रह गर्दछौं । ’
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै जुम्लामा चुनावी चहलपहल सुरु भएको छ । नेकपा एमाले र राप्रपाले उम्मेदवारको टुंगो लगाएपनि गठबन्धन दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । गठबन्धन दलभित्र उम्मेदवारी छनौटको बिषयमा तीब्र असन्तुष्टी रहेको छ ।
जुम्लामा ६९ हजार ८ सय २८ जना मतदाता रहेका छन ्। जसमध्ये महिला ३३ हजार ५ सय ४ र पुरुष ३६ हजार ३ सय २३ जना रहेको निर्वाचन कार्यालय निमित्त कार्यालय प्रमुख चौलागाईले बताए । उनका अनुसार प्रदेशसभा (क) मा ३७ हजार ५ सय ३४ जना मतदाता रहेका छन् । जसमा महिला १८ हजार २ सय ४९ र पुरुष १९ हजार २ सय ९४ जना रहेका छन् भने प्रदेशसभा (ख) मा ३२ हजार २ सय ८५ जना मतदाता मध्ये १७ हजार ३० जना पुरुष र १५ हजार २ सय ५५ जना महिला छन् ।
जुम्लामा ८ स्थानीयतह मध्ये कनकासुन्दरी,सिंजा,हिमा र तिला गाउपालिका प्रदेश क्षेत्र(ख)मा पर्छन । प्रदेश क्षेत्र (क)मा तातोपानी,चन्दननाथ नगरपालिका,गुठिचौर र पातारासी गाउ“पालिका पर्छन । प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले जितेका थिए । प्रदेश क्षेत्र (क)मा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेश भण्डारी र प्रदेश क्षेत्र (ख)मा एकीकृत समाजवादीका पदमबहादुर रोकायाले जितेका थिए । उनी पछिल्लो समय एकीकृत समाजवादीको भएपनि तत्कालिन नेकपाबाट उम्मेदवारी दिएर जेतेका हुन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि यही असोज २३ गतेका दिन मनोनयन दर्ता हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

Next Post

गुठिचाैर गाउँपालिकाद्वारा कैदीबन्दीलाई खसी प्रदान

१८ आश्विन २०७९, मंगलवार १४:१४
जुम्ला / जुम्लाको गुठिचाैर गाउँपालिकाले कैदी बन्दीहरुलाइ खसी उपहार दिएको छ। दसैंकाे अवसर पारेर जुम्ला कारागारमा कैदीबन्दीलाई खसी प्रदान गरिएको हाे । गुठिचाैर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले दसैंकाे शुभकामना दिदै खसी हस्तान्तरण गरेका हुन । उनीहरूलाई १८ हजार मुल्यकाे खसी प्रदान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले जानकारी दिए । […]