जुम्ली स्याउ किसानलाई हौस्याउँदै बैंक

  ।   १८ आश्विन २०७९, मंगलवार १४:२४

जुम्ला ।
जुम्लाका स्याउ किसानले भोग्नु परेको समस्यालाई मध्येनजर गर्दै वितीय बैंकहरुले समेत किसान हौस्याउने कार्यक्रम सुरु गरेका छन । उनीहरुले स्याउको कार्टुन उपलब्ध गर्ने देखि स्याउ टिप्न प्रयोग हुने भर्याङ र बास्केट जस्ता सामाग्री खरिद गरेर व्यवसायिक रुपमा स्याउ खेतीमा लागेका किसानलाई उपलब्ध गराउन थालेका हुन । बैंकले समेत स्याउखेतीमा चासो दिन थालेपछि किसान हौसिएका छन ।
जिल्ला स्थित सिटिजन्स बैंक र माछापुछ्रे बैंकले यहांका किसानलाई तीन हजार २० कार्टुन उपलब्ध गराएका हुन । ८० वटा बास्केट र एक भर्याङ दिएका छन । जसमा सिटिजन्स बैंकले १ हजार १ सय २० र माछापुछ्रे बैंकले २ हजार रुपैया“ लगानी गरेका छन ।
दुईलाख ५० हजार रुपैया“ सिटिजन्स बैंक र २ लाख २० हजार रुपैयाँ माछापुछ्रे बैंकले स्याउ किसानका लागि लगानी गरेको बैंकहरुले जनाएका छन । आखे कृषि पर्यटन तथा अनुसन्धान उद्योगका प्रोपराइटर सरोज शाहीले स्याउ किसानलाई हौसला दिन बैंकहरुले गरेको काम निकै महत्वपुर्ण रहेको बताए । उनले भने,‘कार्टुन नहुंदा जथाभावी स्याउ निर्यात भइरहेको थियो । विदेशी स्याउको कार्टुंनमा धमाधम जुम्ली स्याउ गइरहेको थियो । बैंकले दिएको केही थान कार्टुनले किसानलाई उत्साह प्रदान गर्नुका साथै प्रेरणा समेत दिएको छ । यो निकै राम्रो पक्ष हो । ’
बैंकहरुले दिएको कार्टुनमा ‘जुम्ला कर्णाली स्याउ,स्वदेशी उत्पादनलाई प्राथमिकता दिउं’ भन्ने भनाइ राखिएको छ । जुम्ली स्याउको प्रर्बद्धनका लागि सहयोग गरेको बैंकहरुले जनाएका छन । एक कार्टुनमा १० केजी स्याउ अटाउछ । शाहीले भने,‘अहिले जुम्ली स्याउको आफ्नै कार्टुन नहुंदा बाहिरबाट टमाटर ल्याएको कार्टुनमा स्याउ पठाउनु जुम्ली किसानको बाध्यता बनेको छ । जसका कारण जुम्ली स्याउको पहिचान खस्कने खतरा समेत बढेको छ ।’ बैंकहरुको सहयोगले आफ्नै कार्टुनको प्रबन्ध गरेर स्याउ निर्यात गर्नुपर्ने सन्देश दिएको किसान बताउ“छन ।
कार्टुनको कारणले पनि निर्यात भएको १५ देखि ४० प्रतिशत स्याउ नष्ट हुने गरेको छ । उनले भने,‘समय अभावले कार्टुन ढिलो आइपुग्यो । व्यवसायिक किसान सम्म मात्र पुगेको छ । आगामी दिनमा किसान आफैले पनि कार्टुन बनाएर स्याउ निर्यात गर्न सक्ने उर्जा मिलेको छ । यो किसानका लागि सकरात्मक कामको सुरुवात पनि हो । ’
कार्टुनको माग अत्याधिक छ । एक बर्षमा न्युनतम डेढ लाख कार्टुन आवश्यक हुन्छ । उनले भने,‘त्यो कसैले दिन संभव पनि छैन । तर किसानले आफ्नो अनुकुलताका आधारमा कार्टुन छपाउन र डिजाइन गर्न सक्छन । ’ किसानले कृषि कार्यालय र स्याउ सुपरजोन कार्यालयले कार्टुनको प्रयाप्त कार्टुनको व्यवस्था गरेर जुम्ली स्याउको पहिचान बचाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन ।
कार्टुन पाएपछि किसानले धमाधम स्याउ प्याकेजिङ गर्न थालेका छन । कर्णाली स्याउ लेखिएको कार्टुनको स्याउ खरिद गर्ने ब्यापारीले एक कार्टुनमा १० रुपैया“ थप दिनुपर्नेछ । जुम्लामा स्थानीय जातको स्याउ र उच्च घनत्वको फुजी स्याउ उत्पादन हुन्छ । स्थानीय जातको स्याउ प्रतिकेजी किसानको बगैंचामै ५० रुपैयाँ पर्छ । तर फुजी स्याउ ग्रेड अनुसार बेच्ने गरिएको छ ।
ए गे्रडको २ सय,बी को १८०,सी को १३० र डी ग्रेडको एक सय रुपैयाँ केजीमा किनबेच भइरहेको छ । सी भन्दा सानो आकारको स्याउको जाम,जेली,जुस,ब्राण्डी,मदिरा र चाना बनाउन प्रयोग भइरहेको छ । जुम्लामा फुजी स्याउका ३७ बर्गैचा छन । कुल जमिनको ४ हजार २ सय हेक्टरमा स्याउ खेती भइरहेको छ । यो बर्ष मात्रै किसानले स्याउ बेचेर ५० करोड कमाउने अनुमान जिल्ला कृषि कार्यालय जुम्लाले गरेको छ ।

Next Post

यस्तो छ दसैंमा दिइने आशीर्वाद र त्यसको अर्थ

१८ आश्विन २०७९, मंगलवार १४:२४
काठमाडौँ — आज बडादसैंको प्रमुख दिन विजयादशमी । गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै […]

सम्बन्धित