जुम्लाबासीको उत्साहविहिन दसैं

  ।   २० आश्विन २०७९, बिहीबार ११:२४

जुम्ला सिंजा ५ की बसम बुढा यो दसैंमा आमाबुबाको आशिष लिन माइतीघर जान पाइनन् । निरन्तरको बर्षाका कारण आमाबुवाबाट आशिष लिने उनको धोको पुरा हुन सकेन ।दसैंको बिहानै देखि परेको अबिरल बर्षाका कारण उनको दसैं उत्साहपुर्ण भएन । बरु हिले दसैंका रुपमा मनाइन् । उनले भनिन्,‘दसैंमा माइती घर जाउ“ला । मिठो मसिनो बा“डेर खाउ“ला । सुख दु:ख साटौंला र मान्यजनबाट आशिष लिएर फर्कौला भन्ने सबैको इच्छा हुन्छ । तर बर्षाले दसैं उत्साहजनक बनाएन । ’ न आमाबुवाको आशिष लिन पाइयो । नत आफ्नो घरमा रमाइलो संग दसैं मनाउन पाइयो,उनले थपिन,‘यो पटक दसैं राम्रो भएन । ’
दसैंलाई बर्षदिनको भेटघाट गर्ने थलोको रुपमा हेरिन्छ । स्वदेश भित्र र बाहिर रहेका सबै दसैं मनाउन घर फर्कन्छन् । बर्षाले घरभित्रै मनाइयो यसपालिको दसैं । सदरमुकाम खलंगा क्षेत्र र कर्णाली करिडोर क्षेत्रमा सवारीसाधनको प्रयोग गरेर भएपनि दसैंमा मान्यजनबाट टिका थाप्न ओहोरदोहोर चलिरहेको थियो । तर गाउ“मा दसैं शुन्य जस्तै बन्यो ।
जुम्लाका अधिकांस गाउ“मा सबै एकै ठाउ“मा भेला भएर दसैंको टिका थाप्ने चलन छ । सबैभन्दा जेठोबाट टिका थापेर कान्छो सम्म आइपुग्दा टुंग्याइन्छ । तर यो पटक न भेला गर्न दिइयो नत दसैंको अवसरमा कुनै रमाइलो कार्यक्रम नै । स्थानीय उमेश बुढाले भने,’‘दसैंमा सबै संगको भेटघाट हुन सकेन । सबै मान्यजनबाट टिका थापेर आशिष लिन भ्याइएन । ’
उमेशको परिवार सुर्खेत देखि दसैं मनाउन जुम्ला पुगेको छ । झण्डै एक दशक देखि घरपरिवार संगै दसैं मनाउन नपाएका उनलाई यो पटकको दसैं निकै उल्लासमय हुने अपेक्षा थियो ।,उनले भने,‘दसैं त हिलाम्य बन्यो । घरबाहिर निस्कने बित्तिकै हिलोले डुबाउने र बर्षाले भिजाउने । ’
उमेश र बसम प्रतिनिधि पात्र मात्र हुन । सबै जुम्लाबासीको दसैं उमंगमय हुन सकेन । दसैं हिले बन्यो । आफन्तजन संग भेटघाट गरेर दसैं रमाइलो बनाउने कार्य हुन सकेन । न दसैं आए जस्तो भयो नत दसैं गए जस्तो बन्यो,उनले भने,‘आयो दसैं,गयो तसैं ।’
यो सिंजन जुम्लाबासीले हिउ“देबाली भित्र्याउने समय हो । दसैं अघि देखि घा“स काटिरहेका थिए । कोदो,चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकोले पनि निकै व्यस्त देखिन्थे । तर दसैंको एक दिन निकै रमाइलोका साथ मनाउने सबैको चाहना थियो । बर्षाले घरभित्र्याउनै आ“टेको बाली भिज्यायो । काटेको घा“स मेलामै कुहिने संभावना बढ्यो । ’
मौसमविदहरुले अझै दुई दिन निरन्तर बर्षा हुने जानकारी दिएकोले जुम्ली किसानलाई दसैंको भन्दा पनि बाली कसरी सुरक्षित रुपमा भित्र्याउने चिन्ताले पिरोल्न थालेको छ । जुम्ली मार्सीधान पाक्न लागेको छ । केही दिनमै धान भित्र्याउने समय आइपुग्छ । दसैंमा हवाई तथा सडक यात्राका लागि टिकटको सास्ती खेपेर घर आइपुगेका जुम्लीलाई बर्षाले पनि सुख शान्तिपुर्वक दसैं मनाउन दिएन ।
सदरमुकाम खलंगा देखि सवारीसाधनमा यात्रा गरेर टिका थाप्ने तयारी गरेकाले गाउ“ जान पाएनन् । बाढी पहिरो आउन सक्ने र खोला बढेर आउजाउ गर्न कठिन हुने भन्दै सदरमुकाममै थुनिए । जुम्ला चन्दननाथ नगरपालिका १० का हरिशंकर न्यौपाने दसैंमा बर्षा भएर प्रभावित बनाएको पहिलो पटक देखेको बताए । उनी रेनकोट लगाएर टिका थाप्न गए । संधै जसो दौरा सुरुवाल र कोट प्वाइन्टमा टिका थाप्ने गरेका उनले यो पटक राम्रो पोशाक समेत लगाउन पाएनन । उनले भने‘यो हिले दसैंले उमंग दिएन । उत्साह छाएन । ’ झण्डै एक दशक पछि दसैंमा बर्षा भएको बुढापाका बताउ“छन । जुम्लाको एक नगरपालिका सहित ७ गाउ“पालिकामै दसैंको रौनकता देखिएन ।
अधिंकास नेताहरुको चाहना दसैंमा आफन्त भेटघाट गरेर आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सघाउन आग्रह गर्ने देखि आफ्ना एजेण्डा सुनाउने सम्मको धोको थियो । बर्षाले यो दसैंमा कसैको इच्छा चाहना पुरा गर्न सकेन ।
बर्षाले घर फर्कन नपाएका अधिकांस स्थानीय र कर्मचारीले प्रमुख जिल्ला अधिकारी मुकेश केसरीको हातबाट टिका थापेका छन । प्रहरीले प्रहरी प्रमुख र नेपाली सेनाले बाहिनीपतिको हातबाट टिका थापेका हुन । केहीले चन्दननाथ र भैरबनाथ मन्दिरमा पुगेर पुजारीको हातबाट टिका थापेका थिए ।
प्रमुख जिल्ला अधिकारी केसरीले यो पटकको दसैं बर्षाका कारण खुसीपुर्ण हुन नसकेको बताए । उनले दसैंमा हुने हिंसात्मक क्रियाकलाप रोक्न सुरक्षा व्यवस्था कडा पारीएको जानकारी दिए ।

Next Post

कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु, ३ घाइते

२० आश्विन २०७९, बिहीबार ११:२४
काठमाडौँ — कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि […]