गाडी गुड्न नपाउँदै भत्कियो पुल

  ।   ११ पुष २०७९, सोमबार २०:३७

जुम्ला सिंजा गाउँपालिका ३ को हिमा नदि माथि ५२ लाख रुपैयाँको लागतमा बनेको पुल बाढीले भत्काएपछि सवारी आवागमन ठप्प बनेको छ । गत कात्तिक महिनामा परेको अबिरल बर्षा संगै आएको बाढीले पुल बगाउन नसकेपनि क्षत विक्षत बनाएको थियो । अहिले न मर्मत गरेर सञ्चालन गर्न मिल्ने छ, नत भत्काएर नयाँ पुल नै बनाउन,प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले भने,‘बाढीले पुल भत्काउ“दा निकै ठुलो समस्या छ ।’
गाउँपालिका केन्द्र नराकोट देखि नाग्म गमगडी सडक जोड्ने उक्त पुलले सिंजा २ लाई समेत यातायात संग जोडेको थियो । पुल काम नलाग्ने भइसकेको छ । पालिका केन्द्र अगाडी ठिंग उभिएको जस्तो छ,उनले भने,‘पुल हेरेर काठको फड्के तरेर वारपार गर्नु परिरहेको अवस्था छ ।’
गाउँपालिकाले पुल बनाउनको लागि ५२ लाख रुपैयाँ खर्चेको थियो । ढुक्क संग पुलमा मोटर चढेर वारपार गर्ने सिंजालीको सपना पुरा हुन नसकेको सिंजा २ का पुर्ववडाध्यक्ष नविन शर्माले बताए । उनले भने,‘बाढीले पुल बगाउन सकेन । तर पुल बांगो बनाएको छ । मर्मत गरेर पनि सञ्चालन हुन सक्ने अवस्था छैन । पुल वरिपरिको सबै जमिन कटान गरेर लगिसकेकोले नदिनको बिचमा उभएको जस्तो मात्र देखिन्छ । नविनले भने,‘पुल तर्न पाइदंैन् । तर हेर्न चाही पाइन्छ ।’
पुलमा भर्खर गाडी गुड्न सुरु गर्न थालेका थिए । मोटरसाइकल आवतजावत भइरहेका थिए । स्थानीय कृष्णप्रसाद चौलागाइले भने,‘बाढीले पुलमा गाडी चढ्ने सपना तुहाइदियो । ’ हिमा नदिनमा पुल नहुंदा स्थानीयले डेढ दुई घण्टा हिडेर वारपार गर्नुपर्ने अवस्था छ ।’ उनका अनुसार बाढीले पुलमा मात्र क्षति भएन । नदि आसपासको सबै जमिन कटान गरेर लगेको छ । जस कारण खेतीयोग्य जमिन रहेन । पुलले सबै सिंजालाई जोड्ने लक्ष्य थियो । गाउँ बस्ती र वडा सम्म पुग्न सहज हुन्थ्यो । विकास निर्माणको अनुगमन गर्न देखि जनताको सेवा घरदैलो सम्म छिटो छरितो भइरहेको थियो ।
सुर्खेत नेपालगञ्ज हुदैं मुगुको रारा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पालिका केन्द्र सम्म आइपुग्न सहज होस भन्ने हिसाबले पुल बनेको थियो । पालिका संगै जोडिएको जीर्ण पुलले हरेक दिन झस्काउने गरेको कर्मचारीहरु बताइरहेका छन । बाढीले भत्काएको पुल पुर्ण रुपमा भत्काएर राम्रो पक्की पुल बनाउनु पर्ने स्थानीयको माग छ ।
पालिकाले पहिल्यै सोच बिचार गरेर पुल बनाइदिएको भए सायद पुलको यस्तो हविगत हुदैनथ्यो होला,स्थानीय कमल बुढाले भने,‘पालिकाको कमजोरीले पनि पुल रहेन । न पुल रह्यो,नत पालिकाको बजेट नै सदुपयोग भयो । अबका दिनमा हरेक संरचना बनाउदा सबै क्षेत्रको आ“कलन गरेर बनाउनुपर्छ भन्ने मान्यता छ ।’
सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले अघिल्लो सरकारको गैरजिम्मेवारीले पुल भत्किएको बताए । उनले भने,‘पुल बनाउने क्रममा विगत,वर्तमान र भविष्यलाई केलाएर बनाउनु पर्ने हो । त्यो भएन । फलस्वरुप पालिकाको ५२ लाख लगानी बालुवामा पानी जस्तै बन्यो । न बजेटको सदुपयोग भयो नत पुल हिड्डुल गर्न सकिने नै बन्यो । ’
इन्जीनियरलाई एक पटक सोध्छौं, मर्मत हुने जस्तो देखिदैन् । उनले भने,‘अब पक्की पुल बनाउने तयारीमा छौं । गत साल बनेको पुलको डिपीआर मिलेकोछैन । एलआरबिपीले पुलको डीपीआर ठिक छ भनेर पठाइसकेपछि पक्की पुल निर्माणको काम अघि बढ्छ । ’ उनले आफ्नो कार्यकालमा अघिल्लो सरकार जस्तो कच्ची काम नहुने समेत स्पष्ट पारे ।

Next Post

जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित

११ पुष २०७९, सोमबार २०:३७
जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। दुई जनालाई कम्बल र ८ जनालाई नेपाली ढाका टोपी लगाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यबाहक अध्यक्ष तुलारामा न्यौपानेले बताए। ८१ वर्षकी यगोमाया चौलागाई र ८१ वर्षका गौरीशंकर न्यौपानेलाई कम्बल दिई सम्मान गरिएको छ। जंगबहादुर […]