जुम्लामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत

  ।   ९ माघ २०७९, सोमबार १०:५६

जुम्लाको गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हालेकी छिन्। जुम्लाको स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवकी रावतले जिम्मेवारी सम्हालेकी हुन्।

जुम्लामा १ चन्दननाथ नगरपालिका सहित ७ गाउँपालिका छन्। जसमध्ये देवकी जुम्लाका स्थानीय तहमै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बनेकी हुन्। उनले बुधबार गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी हुन्।

रावत यसअघि जुम्लाको प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिइन्। रावतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ९४० बमोजिम यस मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी कायम रहने गरी कामकाज गर्न खटाइएको छ।

मन्त्रालयले उनलाई यहीँ गएको पुस २८ गते कामकाज गर्ने परिपत्र गरेको थियो। स्थानीय तहको अनुभव नभएपनि ऐन कानुनको परिधिभित्र रहेर गाउँपालिकामा सुशासन कायम गर्दै विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अधिकृत रावतले बताइन्।

Next Post

मालपोत र नापी कार्यालय सार्न माग

९ माघ २०७९, सोमबार १०:५६
जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेको हो। तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको […]