मालपोत र नापी कार्यालय सार्न माग

  ।   ९ माघ २०७९, सोमबार १०:५८

जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेको हो।

तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको थियो। ती कार्यालय स्थानीयलाई पायक पर्ने स्थानमा नभएकाले सिँजा क्षेत्रमा कार्यालय बनाउन माग गरिएको हो। उक्त कार्यालय उकालो डाँडामा छ। बढी जग्गा ज्येष्ठ नागरिककै नाममा हुने गरेको छ। सवारी साधनको व्यवस्था पनि नभएकाले ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई जग्गा कारोबार गर्न समस्या छ।

जिल्लामा रहेका कार्यालयहरू संघीय संरचनाअनुसार स्थानीय तहमा विकेन्द्रीकरण हुनुपर्ने हो। अधिकांश सरकारी कार्यालय स्थानीय तहमा पुगे पनि मालपोत र नापी कार्यालय विकेन्द्रीकरण हुन सकेको छैन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सिँजा क्षेत्रमा नापी र मालपोत माग गरिए पनि अर्थ मन्त्रालयका कारण काम रोकिएको सिँजा गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष तीर्थ वडले बताए।

अर्थ मन्त्रालयको निर्णयले सिँजामा मालपोत र नापी कार्यालय स्थापना गर्न बाधा पुर्‍ याएको उनको भनाइ छ। उनले भने, ‘हामीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग गरेका थियौं। उक्त माग फाइल अर्थ मन्त्रालयमा पुगेको छ। अर्थले पुस २० मा नापी र मालपोत कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा दूरदृष्टिसहितको सर्वेक्षणका लागि गृहकार्य गर्न उपयुक्त हुने निर्णय गरेको छ।

Next Post

जुम्लामै पहिलो पटक पालिका गान र लोगो बनाउँदै तातोपानी

९ माघ २०७९, सोमबार १०:५८
जुम्लाको तातोपानी गाउँपालिकाले पहिलो पटक पालिका गान र लोगो बनाउन थालेको छ । यहॉको आर्थिक,सामाजिक,सॉस्कृतिक,पर्यापर्यटन र भौगोलिक वनावट समावेश गरिएको पालिका गान र लोगो बनाउन थालेको हो । पालिका गान र लोगोले तातोपानीको पहिचान स्पष्ट पार्ने गरि लोगो र गान बनाइन थालेको हो । प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले पालिका […]