घरेलु हिंसाबाट प्रभावित महिलालाई सिलाई कटाई तालिम

  ।   २६ फाल्गुन २०७९, शुक्रबार ०७:५०

जुम्लामा घरेलु हिंसा बाट प्रभावित महिलाहरुका लागि १ महिने सिलाई कटाई तालिम सञ्चालन  गरिएको छ।

घरबाट अपहेलित महिलाको आयआर्जनका लागि चन्दननाथ नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला सेवा केन्द्र जुम्लाको आयोजनामा सो १ महिने सिलाई कटाई तालिम आयोजना गरिएको हो।

उक्त तालिममा नगरपालिका भित्रका घरेलु हिंसा बाट प्रभावित महिलाहरु छन्। नगरपालिका भित्र १० वडा छन्। एक समारोहकाबीच नगरप्रमुख राजुसिंह कठायत,उपप्रमख रामदेवी खड्का र सेवा केन्द्रकि अध्यक्ष भगवती श्रेष्ठले संयुक्तरूपमा तालिमको उद्घाटन गरेका छन्।

कार्यक्रम उद्घाटन गर्दै मेयर राजुसिंह कठायतले सिलाई कटाई तालिम लिएर त्यसलाई व्यवसायीक रुपमा अंगालेमा छोटो समयमै आर्थिक समस्या समाधान हुने बताए। उनले आयआर्जन हुने यस्ता तालिमले धेरैको जिवनस्तरमा परिवर्तन ल्याएको औल्याए।

उप प्रमुख रामदेवी खड्काले सहभागिलाई राम्ररी तालिम लिन आग्रह गर्दै यसलाई जिवन परिवर्तनको माध्याम बनाउनुपर्नेमा जोड दिइन्। उनले सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गरिन्।

सेवा केन्द्र जुम्लाकी अध्यक्ष भगवती श्रेष्ठले महिलालाई आत्मनिर्भर तथा महिला शसक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता रहेको उनले औल्याइन्।

तालिममा घरेलु हिंसाबाट प्रभावित १० जना महिलाहरुको सहभागिता रहेको छ।

Next Post

गुठीचौरले खोप अभियान चलाउँदै

२६ फाल्गुन २०७९, शुक्रबार ०७:५०
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले आगामी वैशाख महिनामा पुर्णखोप गाउँपालिका घोषणा गर्न खोप अभियान चलाउने भएको छ । हरेक बस्तीमा पुगेर खोप लगाउनबाट बञ्चित बालबालिकाको खोजी गरेर खोप लगाउनको लागि अभियान चलाउने भएको हो । राष्ट्रिय खोप कार्यक्रमको समिक्षा तथा पुर्णखोप तथा सरसफाई सम्बन्धि दिगोपना योजना गोष्ठी सञ्चालन गरेर पालिकालाई […]

सम्बन्धित