सामाजिक विकृतिविरुद्ध जुम्लाका महिला

  ।   २६ फाल्गुन २०७९, शुक्रबार २०:४१

जुम्लाको चन्दननाथ नगरपालिका -२ मा रहेको भण्डारी वडा समाज सुधार महिला समितिले सामाजिक विकृति विरुद्ध सचेतना कार्यक्रम गर्न थालेको छ।

समाजमा हुने राम्रा कामलाई प्रोत्साहन गर्ने र नराम्रा कामको निगरानी गर्ने काम गरिरहेको भण्डारी वडा समाज सुधार महिला समितिका अध्यक्ष हिमालक्ष्मी भण्डारीले बताइन्। शुक्रबार जुम्लाको सदरमुकामको मुख्य बजारमा अवस्थित कृष्णमन्दिर अगाडि विकृतिका विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ। महिलाहरुले ४ वटा विषयवस्तुमा सडक नाटक देखाइएका थिए। बालविवाह,मादक पदार्थ सेवन,लागुऔषध सेवन र जुवातास विरुद्धको नाटक प्रदर्शन गरेका हुन्।

समितिका अध्यक्ष हिमालक्ष्मी भण्डारीले जुम्लामा बालविवाह गर्ने र गराउनेलाई कानूनी सजाय नहुञ्जेलसम्म बालविवाह अन्त्य नहुँने बताइन्। कानूनमा विवाह गर्ने उमेर २० तोकिए पनि जिल्लामा कानूनको खासै पालना नगरिएको उनको भनाइ छ। जनप्रतिनिधि र विभिन्न संघ सस्थाले बालविवाहलाई निरुत्साहित गर्न लामो समयदेखि काम गरिरहेका छन्। तर नियन्त्रण भने हुन सकेको छैन्।

प्रजिअ मुकेशकुमार केसरीले बालविवाह,लागूऔषध  सेवनले र पार्ने असर तथा कानुनी ऐनका बारेमा पनि जानकारी गराएका थिए। उनले यस्तो कार्य सुरुवात गर्ने महिलाहरूलाई धन्यवाद दिए। उनले समाज सुधारका काममा स्थानीय प्रशासनले खुलेर सहयोग गर्ने प्रतिवद्वता जनाए।

Next Post

वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाउने नयाँ विधि

२६ फाल्गुन २०७९, शुक्रबार २०:४१
वैज्ञानिकले वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर समुद्रमा भण्डारण गर्न सकिने नयाँ विधिको घोषणा गरेका छन्। वायुमण्डलमा कार्बनडाइअक्साइडको उच्च उपस्थितिले पृथ्वीको तापमान वृद्धि भई विभिन्न खाले जलवायु संकट निम्तिएको मानिँदै आएको छ। वैज्ञानिक जर्नल ‘साइन्स एडभान्स’मा प्रकाशित तथा वैज्ञानिकले प्रस्ताव गरेको नयाँ विधि हाल प्रचलनमा रहेकाभन्दा तीन गुणाले प्रभावकारी हुने दाबी गरिएको छ। […]