सिंजा क्याम्पस सभापतिमा आचार्य निर्वाचित

  ।   २८ फाल्गुन २०७९, आईतवार ०८:३३

जुम्लाको सिजा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संघ (अखिल क्रान्तिकारी) बाट सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

स्वतन्त्र विद्यार्थी यूनियनको प्रकाशित तालिका अनुसार सभापतिमा उम्मेदवारी नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) का आचार्यको मात्रै दर्ता भएकाले निर्विरोध निर्वाचित भएका हुन् ।

सिंजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन समितिका संयोजक तिर्थबहादुर नेपालका अनुसार निर्वाचन तालिका अनुसार आज फागुन २७ गते ११ बजे देखी २ बजे सम्म आचार्य सहित ५ जनाको दर्ता भएको छ ।

उहाँका अनुसार सभापतिमा सन्तोष आचार्य, सुनकेशा बुढा सचिव, दानबहादुर कामी कोषाध्यक्षको एकल उम्मेदवारको रुपमा दर्ता भई निर्वाचित भएका छन् । यसैगरी सदस्यमा गोपाल बुढा र अञ्जु आचार्य रहेका छन् । क्याम्पस स्रोतका अनुसार अखिल क्रान्तिकारीका आचार्य सभापति, सचिवमा अनेरास्वयिू र कोषाध्यक्षमा नेकपा एकिकृत समाजवादीको विद्यार्थी संगठनले मात्रै दर्ता गरे अनुसार सोही अनुसार निर्विरोध निर्वाचित भएका छन् ।

Next Post

देशको पहाडी भू भागका केही स्थानमा हल्का वर्षा हुने

२८ फाल्गुन २०७९, आईतवार ०८:३३
आज देशको पहाडी भेगमा हल्का वर्षाको हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो  पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो।  यस्तै भोलि सोमबार देशका पहाडी भू भागका एक(दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना […]