जुम्लामा प्रभु बैंकको एटिएम सेवा सुरु

  ।   ९ जेष्ठ २०८०, मंगलवार ११:४७

जुम्लामा प्रभु बैंकले एटिएम सेवा सुरु गरेको छ । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत र उपप्रमुख रामुदेबी खड्काले संयुक्त रुपमा रिबन काटेर एटिएम सेवा सुरु भएको घोषणा गरेका हुन ।
३ सय १ शाखाका रुपमा प्रभु बैंक जुम्लामा स्थापना भएकोमा २ सय ५० एटिएमका रुपमा सेवा प्रारम्भ भएको हो । एटिएम सेवाले सेवाग्राहीलाई पैसा निकाल्न सहज हुने बताए । बैकिङ सेवालाई छिटो,छरितो र प्रभावकारी बनाउन एटिएम सेवा सुरु गरिएको शाखा प्रबन्धक कृष्ण आचार्यले जानकारी दिए ।
उनले भने,‘ग्राहक सेवालाई मध्येनजर गर्दै जुम्लामा प्रभु बैंकले एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । निरन्तर ग्राहकको सेवालाई प्राथमिकतामा राखेको पनि छ । अब प्रभु बैंकका ग्राहकहरुले आफ्नै एटिएम मेसिनमा कारोबार गर्नेछन । ’

Next Post

जुम्ली किसानहरुको वर्षभरिको मिहिनेत खेर

९ जेष्ठ २०८०, मंगलवार ११:४७
जुम्लामा सोमबार बेलुका परेको असिनापानीले स्याउ खेतीमा क्षति पुर्‍याएको छ। सिंजा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्र,गोरा र शनिगाउँमा असिनापानीले स्याउ खेतीमा क्षति पुर्‍याएको हो। सिंजा -६ का वडा अध्यक्ष लालबहादुर बुढाका अनुसार सोमबार साँझ ६ बजेतिर असिना परेको थियो। अध्यक्ष बुढाका अनुसार करिब आधा घण्टा सम्म लगातार परेको असिनाले […]