जुम्लाको सिंजा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा भैरव माध्यमिक विद्यालय नराकाेट प्रथम भएको छ।माध्यमिक विद्यालय जाेडूले दाेस्राे स्थान ओगटेको छ।सिंजा गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना मावि स्तरको हाजिरीजवाफ प्रतियोगिता गरिएको शिक्षा शाखा प्रमुख शंकर धितालले बताए।
विद्यार्थीकाे प्रतिभा पहिचान गर्ने उदेश्य छ।उनका तृतीय मालिका मावि धापा र सान्त्वना माध्यमिक विद्यालय चुलेलगाँउ भएको माध्यमिक विद्यालय जाेडुका प्रध्यानाध्यापक नरबहादुर बुढाले बताए। प्रअ बुढाका अनुसार ८ वटा विद्यालय सहभागी भएका थिए।प्रतियोगिता सिंजाकाे -६ मा अवस्थित माध्यमिक विद्यालय जाेडुमा भएको थियोे।
प्रतियोगितामा विजेता विद्यालयकालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको जनाइएको छ ।प्रथमलाई नगद ३ हजार दुई दर्जन कपी १६ वटा डट्पेन,दृतिय २ हजार ५ सय २० वटामा कपी १२ ड्ट्पेन,तेस्रोलाइ २ हजार १६ कपी ड्ट्पेन दिइएको छ। अन्य सहभागी विद्यालयलाई नगद १ हजार ४ वटा कपी ४ वटा ड्ट्पेन उपलब्ध गराइएको थियो। गाउँपालिका उपाध्यक्ष सितली राेकाया,भरैव मावि नराकाेटका प्रअ मानबहादुर राेकाया लगायत सहभागी भएका थिए।