मुगु अस्पतालमा गर्भवतीको मृत्यु

  ।   १९ जेष्ठ २०८०, शुक्रबार १८:०४

मुगु — जिल्ला अस्पताल ठिनीमा शुक्रबार एक गर्भवतीको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१३ बस्ने वर्ष ३० की राजु नेपालीको सुत्केरी हुन नसकेर अस्पतालमै  ज्यान गएको हो । घरमा सुत्केरी व्यथा सुरु भएपछि बिहीबार उनका परिवारले राजुलाई सुत्केरी गराउन जिल्ला अस्पताल पुर्‍याएको थियो ।

अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको पेटमा रहेको बच्चा उल्टो देखिएको र लामो समयसम्म पाठेघर नखुलेपछि शुक्रबार अप्रेसनको तयारी गर्दागर्दै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

अप्ठेरो व्यथामा लागेकी राजुलाई जिल्ला अस्पतालमा रिफर गर्न तयारी गर्दागर्दै एक्कासी मृत्यु भएको निमित्त जिल्ला स्वास्थ्य सेवा प्रमुख कमल ढुंगानाले बताए । जिल्ला अस्पतालमा गर्भवतीको अप्रेसन सेवा हुँदाहुँदै राजुको मृत्यु भएको भन्दै ढुंगानाले भने, ‘यसको वास्तबिक छानबिन हुन्छ ।’

दुर्गममा जोखिममा परेका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट तुरुन्तै सेनाको हेलिकप्टर झिकाएर उद्धार गर्ने नियम भएपछि ढिलासुस्तीका कारण राजुको ज्यान गएको परिवारको भनाइ छ । जिल्ला अस्पतालबाट ढिला जानकारी प्राप्त भएको र उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरको कुराकानी गर्दागर्दै अस्पतालबाट मृत्युको खबर आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

यस्तै जिल्ला अस्पतालले प्रेस जिज्ञप्ति जारी गरी राजु र शिशुको ज्यान बचाउन साढे दुई घण्टासम्म प्रयास गर्दा पनि नसकिए भन्दै घटनाप्रति दुःख प्रकट गरेको छ ।

Next Post

जुम्लाको तातोपानीमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

१९ जेष्ठ २०८०, शुक्रबार १८:०४
जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तातोपानी गाउँपालिका ६ चिमलडाँडामा शुक्रबार ट्याक्टर दुर्घटना भएको हाे । दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिका ५ लिताकाेट निवासी १६ वर्षीय ट्याक्टर सह चालक विकास सुनारकाे मृत्यु भएको हाे । प्रहरी कार्यालय जुम्लाका अनुसार चिलिमडाँडाबाट ढुङ्गा बाेकेर रावतवाडा आउँदै गरेको लु ४ त ७९४८ […]