जुम्लाको तातोपानीमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

  ।   १९ जेष्ठ २०८०, शुक्रबार १८:०६

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तातोपानी गाउँपालिका ६ चिमलडाँडामा शुक्रबार ट्याक्टर दुर्घटना भएको हाे ।

दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिका ५ लिताकाेट निवासी १६ वर्षीय ट्याक्टर सह चालक विकास सुनारकाे मृत्यु भएको हाे ।

प्रहरी कार्यालय जुम्लाका अनुसार चिलिमडाँडाबाट ढुङ्गा बाेकेर रावतवाडा आउँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल खसेकाे थियाे ।

घाइते सुनारकाे उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएकाे प्रहरी निरीक्षक धर्मराज जाेशीले जानकारी दिए । उनका अनुसार चालक फरार छन् । ट्याक्टर मालिकसँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकिरहेको छैन ।

Next Post

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

१९ जेष्ठ २०८०, शुक्रबार १८:०६
जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्। ज्वरोकै कारण दिपु उनको यही जेठ ६ गते मृत्यु भएको हो। पछि मृतकको घर वरिपरि […]

सम्बन्धित