लागुऔषध विरुद्धको अभियानमा चन्दननाथ ६ का जनप्रतिनिधि

  ।   १४ असार २०८०, बिहीबार १४:१२

जुम्ला ।
जुम्लाको चन्दननाथ नगरपालिका ६ का जनप्रतिनिधिहरु लागुऔषध विरुद्धको अभियानमा जुटेका छन् । उनीहरुले किशोरकिशोरीहरुलाई लागुऔषधका बारेमा सचेत गराउने,तालिम र प्रशिक्षण दिने,अभिभावकलाई लागुऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा चनाखो बनाउर्ने देखि प्रहरीको सहायतामा कानुनी प्राब्धानको बिषयमा जानकारी दिने कार्यको सुरुवात गरेका हुन ।


जुम्लामा एक नगरपालिका र ७ गाउ‘पालिकाका ६० वटा वडामध्ये लागुऔषध विरुद्धको अभियानमा होमिने चन्दननाथ ६ पहिलो वडा हो । वडाध्यक्ष रवि थापाले पछिल्लो समयमा लागुऔषधको कारोबार र सेवन गर्नेहरुको संख्या बढ्दै गएपछि चन्दननाथ ६ ले लागुऔषध विरुद्धको अभियान सुरु गरेको बताए । उनले भने,‘वडाभित्रका कुनै पनि नागरिक लागुऔषधको दुव्र्यसनीमा लाग्न हुन्न भन्ने सन्देश फैलाउन सचेतनामुलक कार्यक्रम गरिरहेका छौं । ’
पहिलो चरणमा चन्दननाथ ६ का हरेक घरधुरीका किशोरकिशोरीलाई लागुऔषध विरुद्धको कक्ष सञ्चालन गरिएको वडाध्यक्ष रवि थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय जुम्लाको हलमा लागुऔषध दुव्र्यसनीका बारेमा २ दिने प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा लागुऔषधको कारोबार,सेवनले हुने हानी नोक्सानीका बिषयमा पढाइएको थियो । साथै लागुऔषध,साइबर क्राइम,बालविवाह र बहुविवाह सम्वन्धिको कक्ष समेत सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । अहिलेका किशोरकिशोरीहरु बिग्रने अवस्थामा जांदैछन् । उनले भने,‘यही अवस्थामा उनीहरुलाई सचेत गराउने हो भने कुनै पनि किशोरकिशोरीहरु लागुऔषधको दलदलमा फस्ने सं भावना कम हुन्छ । यही बेला उच्च निगरानीको खाचो हुन्छ । जसको सुरुवात चन्दननाथ ६ ले गरेको छ । यो सुखद कामको सुरुवात पनि हो । ’


किशोरीकिशोरीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत अवलोकन समेत गराइएको थियो । लागुऔषधमा कुनै पनि गुण छैन । अवगुण मात्रै छ । हानी मात्रै छ । प्रहरी नायब उपरीक्षक कार्कीले भने,‘स्वास्थ्यमा हानी गर्ने बस्तुको सेवन तथा बेचविखन राम्रो मानिदैन् । तपाइहरु लागुऔषधको दलदलमा नफस्नुहोला । ’ चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले लागुऔषध विरुद्धको अभियान घनिभुत बनाएर लैजाने बताए । उनले भने,‘किशोरकिशोरीलाई लागुऔषध विरुद्ध उभ्याएर चन्दननाथ ६ले अभियान सुरु गरिसकेको छ । अब यो अभियान सबै वडाहरुमा सुरु हुन्छ ।’
नगरको कुनै पनि नागरिक लागुऔषधमा नफसुन् । पढे लेखेर ठुलो मान्छे बनुन भन्ने चाहना छ । जसको लागि सेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं, नगरप्रमुख कठायतले भने,‘नगर सरकार,प्रहरी,प्रशासन र नगरपालिकाबासीहरुको समन्वयले मात्रै लागुऔषध मुक्त नगर बनाउन सकिने अवस्था छ । यो कार्यको प्रारम्भ चन्दननाथ ६ बाट सुुरु भइसकेको छ ।


चन्दननाथ ६ का वडाध्यक्ष रवि थापाले लागुऔषध विरुद्धको अभियानलाई घरदैलो सम्म पुर्याउने बताए । उनका अनुसार पहिलो चरणमा किशोरकिशोरीहरुलाई शिक्षा दिने काम भएको छ । अबका दिनहरुमा अभिभावकहरु समेत राखेर लागुऔषध कुलतका बारेमा छलफल चलाइने छ । तालिममा एक सय बढि किशोरकिशोरीहरु सहभागि छन् । प्रहरी निरीक्षक धर्मराज जोशी र यमबहादुर बुढा मगर लगायतले लागुऔषधको प्रयोगले हुने हानी नोक्सानी र कानुनी प्राब्धानका बिषयमा सैदान्तिक तथा व्यवहारीक अभ्यास गरेर सचेतना दिइएका थिए ।

Next Post

चन्दननाथ नगरपालिकाको जनहितमा जारी सन्देश

१४ असार २०८०, बिहीबार १४:१२
चन्दननाथ नगरपालिकाको जनहितमा जारी सन्देश बालविवाह समाजिक र कानूनी अपराध हो । बीस वर्ष नपुगी विवाह नगरौं र नगराऔं, . उमेर नपुगी गरेको विवाह सामाजिक र कानूनी अपराध हो, त्यस्तो अपराध गर्नेलाई कानून वमोजिम जरिवाना र कैद दुवै सजाय हुने कानूनी व्यवस्था छ ।             […]

सम्बन्धित