जुम्ली सेवा समाज कतार हरेक नेपालीको अभिभावक

  ।   ३ माघ २०७७, शनिबार २०:०५

जुम्ली सेवा समाज कतारको पहिलो वार्षिक उत्सव सम्पन्न भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा छिमेकी राष्ट कतारमा छरिएर रहेका जुम्ली दाजुभाईहरुको सहभागितामा प्रथम वार्षिक उत्सव सकिएको हो ।
कतारमा छरिएर रहेका जुम्ली दाजु भाइहरुको एकेबद्धता कायम गर्न, सुख दुख साट्न तथा विभिन्न समस्याहरुको समधानका विषयमा छलफल गरिएको जुम्ली सेवा समाज कतारका अध्यक्ष बल बहादुर रोकाया (बिबिसी) जुम्लीले कर्णालीष्टलाई बताए ।
उनका अनुसार कतारमा रहेक जुम्लीहरुले कोरोना कहरबा बेला पुराएको योगदानको कदर गर्दैै धन्यबाद समेत ज्ञापन गरिएको छ । कोरोनाको कहरको विषम परिस्थिति पार गर्दै जुम्ली सेवा समाज कतार लाई सहज स्थितिमा पुर्याउन सफल भयकोमा समेत अध्यक्ष रोकायाले खुसी व्यक्त गरे ।
अध्यक्ष रोकायाले थपे,“आगामी दिनमा जुम्लाका दरदराजका गाउँबस्तीबाट रोजगारीका लागि कतारहरु दाजुभाईहरुको अभिभाकत्व ग्रहण पनि जुम्ली सेवा समाज कतारले गर्ने छन् । एक अर्कामा आइपर्ने कठिनाइ साझा बनाउदै अगाडि बढ्ने हामी दृढ छौ ।”

Next Post

जुम्ला कारागार १४ महिनादेखि स्वास्थ्यकर्मीविहीन

३ माघ २०७७, शनिबार २०:०५
  जुम्ला- तत्कालीन माओवादी द्वन्द्वका बेला २८ कात्तिक २०५९ मा जुम्ला कारागार ध्वस्त पारिएपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत पुनर्निर्माण भएको छ । २ सय क्षमताको कारागारमा अहिले १ सय १२ जना कैदीबन्दी छन्, जसमा ३ जना महिला र १ सय ९ जना पुरुष रहेका छन् । कारागारमा स्वास्थ्यकर्मी अहेबको दरबन्दी भए […]