केटुको शिखरमा नेपाली टोली : हिउँदमा आरोहणको कीर्तिमान

  ।   ३ माघ २०७७, शनिबार २०:१९

काठमाडौं । नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् ।

संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन ।

तर नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५:४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका छन् ।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् ।

आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरे । सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए ।

Next Post

सीमा समस्यालाई छिटो समाधान गर्न दुुवै मुलुक प्रतिबद्ध: परराष्ट्रमन्त्री ज्ञवाली

३ माघ २०७७, शनिबार २०:१९
काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच रहेको सीमा समस्यालाई समाधान गर्नको लागि दुवै मुलुक प्रतिबद्ध रहेको प्रष्ट पारेका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय छैटौं संयुक्त आयोगको बैठकमा सहभागी भई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सञ्चारकर्मीहरु सामु मन्त्री ज्ञवालीले अब सीमा समस्यालाई छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताएका हुन् । […]