करोडौँको लगानीमा जुम्लामा बन्दैछ रंगशाला

  ।   ५ आश्विन २०८०, शुक्रबार २१:३१

जुम्लामा करोडौँको लगानीमा सुविधायुक्त रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको छ। सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा रंगशाला  निर्माण हुन लागेको हो।

खेलकुद पूर्वाधार अभावका कारण खेलाडीले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै कार्यालयले चन्दननाथ नगरपालिका-५ राजासिममा सुविधायुक्त रंगशाला निर्माणको थालनी गरेको हो।

कार्यालयले रंगशालासहित अन्य पूर्वाधार बनाउन ५० करोड लगानी गरेको छ। रंगशाला सहितका संरचना निर्माणको जिम्मा पाएको ‘कविन्द्र निर्माण सेवा’ काठमाडौँले भदौ २३ गतेबाट रंगशाला निर्माणको औपचारिक कार्य सुरु गरेको थियो। अहिले ‘ग्राउण्ड स्टकचरको’  काम भइरहेको छ।

रंगशालामा ८५ मिटर लामो प्याराफिट निर्माण हुनेछ। तल ग्राउण्डमा शौचालय, बाथरुम, माथि सटर र त्यसमाथि प्याराफिट निर्माण हुने निर्माण कम्पन्नीका प्रतिनिधि तथा इन्जिनियर वीरेन्द्र महत्तोले बताए।

५० करोड लगानीमा रंगशाला सहित चन्दननाथ नगरपालिका अघि सटर, वडा कार्यालय, सडक लगायतका पूर्वाधार बन्ने बताइएको छ। रंगशालाको लम्बाई १ सय ३० मिटर र चौडाइ ५५ मिटर रहेनछ। सम्झौता अनुसार रंगशाला २ वर्षमै निर्माण सम्पन्न हुने निर्माण कम्पन्नीले जनाएको छ।

रंगशाला निर्माण शीर्षक अन्तर्गतको कुल ५० करोड बजेटमध्ये १३ करोड लगानीमा रंगशाला निर्माण हुनेछ। बाँकी ३७ करोड लगानीमा ११ वटा संरचना निर्माण हुनेछन्। जसमा रानीताल पार्क, चन्दननाथ नगरपालिका अगाडि सटर, चन्दननाथ–८ को पक्की वडा कार्यालय भवन र जुम्ला बजारमा कटिङ ढुंगा छापिने छ।

कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु–कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महत गाउँको घाट जाने सडक कालोपत्रे, ढाँणथपलादेखि भण्डारीवाडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायत ११ वटा संरचना रङ्गशालासँगै निर्माण हुने सघन सहरी विकास कार्यालयका सब–इन्जिनियर चन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार रंगशाला निर्माण २४ महिनामा सकिने गरी सम्झौता भई निर्माण सुरु भएको छ। रंगशालाको नाम विश्व कीर्तिमानी धावक ‘हरि बहादुर रोकाया रंगशाला’ राखिने छ।

Next Post

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

५ आश्विन २०८०, शुक्रबार २१:३१
नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ। सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा भएको एसिसी ट्रफी खेलेको थियो।उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीका सबै खेलाडी र प्रशिक्षकलाई क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनका क्रममा सम्मान गरिएको […]

सम्बन्धित