प्रधानसेनापति शर्मा भारत प्रस्थान

  ।   ८ आश्विन २०८०, सोमबार ०६:२५

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नुपूर्व आजै प्रधानसेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति असोज ११ गते स्वदेश फर्कनेछन् ।

Next Post

४ करोड भन्दा बढीको क्षति, २८ परिवार प्रभावित

८ आश्विन २०८०, सोमबार ०६:२५
सदरमुकाम गमगढीमा अवस्थित तल्लो बजारमा शुक्रबार राति भएको आगलागीबाट ४ करोडभन्दा बढीको भौतिक संरचना र धनमालको क्षति भएको पाइएको छ। आइतबार बिहान बसेको जिल्ला विपत् समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले आगलागीमा ४ करोडभन्दा बढीको भौतिक सम्पत्ति र धनमालको क्षति पुगेको रिपोर्ट प्रस्तुत गरेका थिए। आगलागीमा […]