विद्यालय स्तरउन्नतीको लागि ज्ञान विज्ञान महोत्सव

  ।   २१ आश्विन २०८०, आईतवार १०:५२

जुम्ला ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ स्थित कनकासुन्दरी माबि पाण्डवगुफाले विद्यालयको स्तरउन्नतीको लागि महोत्सव चलाउने भएको छ । कक्षा १० सम्म पठनपाठन चलिरहेको सो विद्यालयमा स्तरउन्नतीको लागि सिंजा पाण्डवगुफा धार्मिक एवम ज्ञानविज्ञान महा महोत्सव गर्न लागिएको हो । महा महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै शिक्षामा लगानी गर्न महोत्सव गर्न लागिएको जनाएको हो ।
स्थानीय हरीबहादुर बोगटीले असोज २८ देखि कार्तिक ५ गते सम्म महोत्सव सञ्चालन गर्ने बताए । जुम्लामै दोस्रो विद्यालयको रुपमा परिचित विद्यालय भएपनि सरकारी लगानी नहुंदा अहिले सम्म स्तरउन्नती हुन नसकेको उनले बताए ।
उनले भने,‘वरिपरिका छिमेकी विद्यालयहरुले फड्को मारीसके । तर पुरानो विद्यालयको अवस्था फेरिएन । गाउ‘मा नेताहरु छन । कार्यकर्ताहरु पनि धेरै छन । शिक्षक,कर्मचारीहरु छन । तर आर्थिक हिसाबले विद्यालय निकै कमजोर छ । विद्यालयको स्तर उकास्न महोत्सव आयोजना गर्दैंछौं । ’
महोत्सवमा संकल्पकर्ता अन्तराष्ट्र्रिय भगवत भुषण आचार्य श्री सञ्जेलजी महाराज र प्रमुख बाचक नरेश भागवत पासकजी महाराज रहेका छन । महोत्सवमा विद्यालयको स्तरउन्नतीको लागि राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ । विद्यालयको शैक्षिक सुधार पनि हुने र धार्मिक पर्यटन प्रवद्र्धन हुने भएकोले यो महोत्सवलाई महत्वका साथ हेरिएको छ । २००९ सालमा स्थापना भएको विद्यालयले एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याएको भन्दै तीन पटक पुरस्कृत भइसकेको छ । विद्यालय स्तरउन्नतीको लागि पटकपटक मन्त्रालय,विभागहरुमा धाइरहे पनि कसैले सुनुवाइ नगरेको स्थानीयले बताएका छन ।
कुनै निकायबाट स्ुनुवाइ हुन नसकेपछि विकल्पको रुपमा महोत्सव आयोजन गर्न लागिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिपेन्द्र रोकायाले पालिकाले शिक्षक कर्मचारीको तलब र मसलन्द खर्च बाहेक रकम नदिएको बताए । उनले भने,‘विद्यालयको भौतिक अवस्था जीर्ण छ । तर स्तरउन्नतीको खॉचो पनि धेरै छ तर कसैबाट सहयोग पाइरहेको छैन । ’
विद्यालयमा ५ सय भन्दा बढि विद्यार्थी छ । १५ जना शिक्षक कर्मचारीहरु छन । पालिकालाई स्तरउन्नतीको लागि आग्रह गर्दा समुदायले आफै बेहोर्नु पर्ने र आर्थिक अवस्था पालिकामा नहुने बताएको प्रधानाध्यापक रोकायाले बताए ।
विद्यालय स्तरउन्नती भनिरहेका छौं । तर महोत्सवबाट रकम कति उठ्छ त्यही आधारमा विषय निर्धारण हुने उनको भनाइ छ । महोत्सवमा रकम मात्र नभइ जग्गा दान गर्न पनि पाउने व्यवस्था मिलाइएको छ ।
संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले विद्यालयको स्तरउन्नतीको लागि पहल भइरहेको बताए । उनले भने,‘नयॉ विद्यालयहरुले फड्को मारीरहंदा पुरानो विद्यालय जीर्ण बन्दै जानु पक्कै पनि राम्रो पक्ष होइन । अब विद्यालयको स्तरउन्नतीको लागि समग्र पहल आवश्यक हुन्छ ।

Next Post

डोजर लिएर बाटो बनाउन गाउँमा अध्यक्ष दानबहादुर

२१ आश्विन २०८०, आईतवार १०:५२
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा बाटो बनाउन डोजर लिएर गाउ‘मा पुगेका छन । गाउँमा बर्षाले भत्काएका र खाल्डाखुल्डी बनेका सडक मर्मत गर्न गाउँगाउँमा पुगेका छन । अधिकांस बाटाहरु सडकले बन्द थिए । भएका बाटाहरु समेत खाल्डाखुल्डीका कारण सवारीसाधन आवागमन गर्न कठिन थियो । कार्यपालिका बैठकमा निर्णय गरेर […]

सम्बन्धित