डोजर लिएर बाटो बनाउन गाउँमा अध्यक्ष दानबहादुर

  ।   २३ आश्विन २०८०, मंगलवार १०:०२

जुम्ला ।
जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा बाटो बनाउन डोजर लिएर गाउ‘मा पुगेका छन । गाउँमा बर्षाले भत्काएका र खाल्डाखुल्डी बनेका सडक मर्मत गर्न गाउँगाउँमा पुगेका छन । अधिकांस बाटाहरु सडकले बन्द थिए । भएका बाटाहरु समेत खाल्डाखुल्डीका कारण सवारीसाधन आवागमन गर्न कठिन थियो । कार्यपालिका बैठकमा निर्णय गरेर गाउँका बाटाहरु खोल्न उनी आफै डोजर र ट्याक्टर लिएर पुगेको गाउ‘पालिकाले जनाएको छ ।
गाउँमा पुगेर जनतासंग जोडिएर सडकमा डोजर लगाएर सडक मर्मत गर्दा स्थानीय खुसी छन । उनीहरुले जनताको मर्मसंग पालिकाले हातेमालो गरेको अनुभुती गर्न थालेका हुन । गुठिचौर २ कोल्ते गाउँका मुनबहादुर ऐडी डोजर ल्याएर गाउ‘का बाटाहरु बनाइरहेको भन्दै अध्यक्ष दानबहादुरले प्रसंसनीय कार्य गरेको बताए ।
उनले भने,‘जनप्रतिनिधिहरु जितेर गएपछि गाउ‘ नफर्केका कैयन उदाहरणहरु छन । तर गुठिचौरका अध्यक्ष डोजर लिएर गाउ‘मा घरदैलो गरिरहेका छन । यो असली जनप्रतिनिधिको छनक हो । ’ अध्यक्ष बुढाले हरेक वडामा पुगेर वडाका जनप्रतिनिधिलाई समेत संगै लिएर जाने गरेका छन ।
मुनबहादुरका अनुसार बर्षाले गाउँको सडक छिन्नभिन्न थियो । सवारीसाधन ल्याउन निकै कठिन थियो । गाउँमा दु:ख बिरामी पर्दा एम्बुलेन्स जान सक्दैनथ्यो तर अध्यक्ष आफै पुगेर सडक मर्मत गरेपछि सहजै रुपमा जीपहरु,एम्बुलेन्सहरु गाउ‘मै पुगिरहेका छन ।
सुरक्षित गुठिचौर गाउँपालिका अन्र्तगत बाटाहरु धमाधम बनिरहको पालिका अध्यक्ष बुढाले बताए । उनका अनुसार जब सम्म पालिका र पालिकाबासी सुरक्षित हुन सक्दैन,तब सम्म जनप्रतिनिधि चुनाएर पठाएको सार्थकता हुदैन । त्यही भएर जनतालाई हरेक हिसाबले सुरक्षित बनाउन सडकहरु बनाउन लागिरहेको अध्यक्ष बुढाले बताए ।
पहिलो चरणमा मदिरा नियन्त्रण अभियान थालिएको थियो । कार्यविधि बनाएर मदिरा सेवनकार्डको व्यवस्थापन गरिएको थियो । दोस्रो चरणमा बाटाहरु मर्मत भएर सरर गाडीहरु गाउमा पुर्याउन थालिएको हो । गाउ‘पालिकामा २३ गाउ‘हरु छन । सबै गाउ‘हरुमा सवारीसाधन पुर्याउन थालिएको हो ।
अहिले गुठिचौर ४ देखि सुरु भएको अभियान झण्डै १५ गाउ‘भन्दा बढि गाउँहरुमा पुगेको छ । अध्यक्ष बुढा गाउँका बाटाहरु फराकिलो बनाइरहेको र खाल्डाखु्ल्डी पुरिरहेको अवस्था भेटिन्छन् । गाउँमा किसानहरु काममा व्यस्त भइरहेको बेला उनी सडक खनिरहेका हुन्छन् । दसैं अगावै हरेक गाउ‘मा सवारी पुर्‍याउने लक्ष्य रहेको पालिकाले जनाएको छ । यहॉका अधिकांस मानिसहरु जिल्ला बाहिर बस्छन् । उनीहरु गाडीहरु,मोटरसाइकलहरु ल्याएर आउने गर्र्र्र्र्र्छन सडक नहुंदा गाउ‘ सम्म प्ुग्न सक्दैनन् । यो पटक दसैंमा हरेक गाउ‘हरुमा गाडीघोडाहरु पुग्नेछन । गुठिचौरमा ५ वटा वडाहरु छन ।
अध्यक्षले गाउँमा सुरक्षित गुठिचौर अभियानका बारेमा छलफल चलाउने,पालिकाको काममा जनताको सहयोगको लागि आग्रह गर्ने र जनता र जनप्रतिनिधि बिचको सुमधुर सम्बन्ध स्थापित गर्न पहल गरिरहेका छन । उनले पॉच बर्ष सम्म जनप्रतिनिधि जनताको नेता नभएर असल सेवक हुन भन्ने प्रमाणित गरेर छाड्ने दाबी गरेका छन ।

Next Post

एकदिनको लागि समन्वय प्रमुख बनिन् किशोरी

२३ आश्विन २०८०, मंगलवार १०:०२
जुम्ला । जुम्ला सिंजा गाउँपालिका  ५ नराकोटकी १४ बर्षीया किशोरी गोमा चौलागाई जिल्ला समन्वय समिती जुम्लाको प्रमुख बनेकी छिन । उनी एक दिनको लागि समन्वय प्रमुख बनेकी हुन । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले किशोरीहरुको आत्मबल बढाउन र हौसला दिन एक दिन समन्वय प्रमुख पद हस्तान्तरण गरेका थिए […]

सम्बन्धित