एकदिनको लागि समन्वय प्रमुख बनिन् किशोरी

  ।   २६ आश्विन २०८०, शुक्रबार १८:५५

जुम्ला ।
जुम्ला सिंजा गाउँपालिका  ५ नराकोटकी १४ बर्षीया किशोरी गोमा चौलागाई जिल्ला समन्वय समिती जुम्लाको प्रमुख बनेकी छिन । उनी एक दिनको लागि समन्वय प्रमुख बनेकी हुन । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले किशोरीहरुको आत्मबल बढाउन र हौसला दिन एक दिन समन्वय प्रमुख पद हस्तान्तरण गरेका थिए ।
किशोरी चौलागाई भैरब माबि नराकोटका कक्षा १० मा अध्ययनरत छिन । उनी लामो समय देखि किशोरी समुहमा रहेका किशोरीहरुको हकहितमा काम गर्दै आएकी छिन । उनले भनिन्,‘एक दिन भएपनि समन्वय समितिको प्रमुख बन्न पाउ‘दा निकै खुसी छु । प्रमुखको कुर्चीमा बसिरहदा असल जनप्रतिनिधि भएको अनुभुति भयो ।’
एक दिनको समन्वय प्रमुख चौलागाइले जिल्लासभा चलाएर तीनवटा निर्णय पारीत गराइन् । उनले जुम्लाका सबै स्थानीयतहमा रहेको बालविवाह,घरेलुहिंसा,र लैंगिक हिंसा न्युनिकरणका लागि सरोकारवालासंग समन्वय गर्ने,बालविवाह मुक्त जिल्ला घोषणाको लागि पहल गर्ने निर्णय जिल्ला सभाबाट पारीत गराइन । उनको त्यो निर्णय जिल्लासभाले पारीत गरेको हो ।
जिल्लामा चलेका महिला,किशोरी लक्षित कार्यक्रमको प्रभावकारी अनुगमन गर्ने,किशोरकिशोरीको नेतृत्व विकासका लागि तालिमहरु चलाउन सामाजिक विकास कार्यालय जुम्लालाई जिम्मा दिने समेत निर्णय उनले गरिन । साथै बढ्दो इन्टरनेटको प्रयोगले समाजमा हुने गरेको विकृती रोग्न सामुहिक अभियान चलाउने समेत उनले बताइन् ।
एक दिनको समन्वय प्रमुखले जिल्ला सभाबाट पारीत गरेका निर्णयहरु समन्वय प्रमुख गौरीनन्द आचार्यले कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए । अहिलेका किशोरकिशोरीहरु भविष्यका कर्णधार भएकोले अहिले देखिने जिम्मेवारी दिनमा कुनै कन्जुस्यॉइ हुन नहुनेमा उनको जोड थियो । उनले भने,‘सामाजमा हुने हानिकारक अभ्यास विरुद्धमा उभिएर सभ्य समान निर्माण अभियानमा जुट्नु अहिलेको अपरीहार्यता हो । ’
चन्दननाथ नगरपालिकाका उपप्रमुख रामुदेबी खड्का,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे सहितको उपस्थितीमा चौलागाईले समन्वय प्रमुख भएर जिल्ला सभा चलाएकी हुन । प्रमुख जिल्ला अधिकारी घिमिरेले महिलाहरु शारीरिक र मानसिक रुपले कमजोर नभएको बताए । सामाजक संस्कार र संकृतिले महिलाहरुलाई मात्रै कमजार बनाएको हो । महिलाहरु पुरुष भन्दा सक्षम छन । हरेक पेसामा महिला संवेदनशील छ । तर उनीहरुलाई अवसरको खाचो छ । त्यो अवसर सबैले प्रदान गर्नुपर्ने उनको भनाई छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित जिएसएस परियोजना अन्र्तगत चौलागाई समन्वय प्रमुख बनेकी हुन ।

Next Post

कर्णालीमा लागूऔषध दुर्व्यसनीविरुद्ध ‘लालटिन अभियान’

२६ आश्विन २०८०, शुक्रबार १८:५५
वीरेन्द्रनगर — कर्णालीमा प्रदेशमा लागूऔषधविरुद्ध लालटिन ‘अभियान’ सुरु भएको छ । प्रदेश प्रहरी कार्यालयले ‘सुरक्षित कर्णाली विशेष अभियान २०८०’ नाराका साथ अभियान सञ्चालन गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार लालटिन बालेर शुभारम्भ गरेका हुन् । प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले सेवाग्राहीमैत्री सेवा यात्रु सहायता, आत्महत्यालाई निरुत्साहन, लागूऔषध नियन्त्रण, दुर्घटनालाई न्यूनीकरण, […]