अनमोल र सलिनसँग गोदावरी घुमेपछि सलोन लेख्छन्- केही पाक्दैछ

  ।   २६ आश्विन २०८०, शुक्रबार २०:१७

काठमाडौं । अभिनेतात्रय अनमोल केसी, सलोन बस्नेत र सलिनमान बनियाँ मिल्ने साथी हुन् । पछिल्लोपटक यी तीन जना चन्द्रागिरीमा भएको सलोनको विवाह समारोहमा एकसाथ देखिएका थिए ।

बेलाबेलामा उनीहरु भेट भइरहन्छन् । अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनमानको ‘यात्रा’ फिल्म जुध्दा पनि त्यसले यी दुईको मित्रतामा कुनै दरार ल्याएको छैन । अनमोल ‘फर्की फर्की’मा व्यस्त हुँदैछन् । सलोन तिहारपछि एक फिल्ममा लाग्नेछन् भने सलिनको हातमा यतिबेला फिल्म छैन ।

तन्नेरी पुस्तामा रुचाइएका यी अभिनेताबीच गोदावरीमा भेट भएको छ । गोदावरी घुमघामपछि उनीहरुले संयुक्त फोटो खिचाए, जसलाई सलोनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । फोटो सेयर गर्दै सलोनले ‘कुकिङ’ भनेर तीनवटा तारा उल्लेख गरेका छन् ।

सलोनको संकेत हेर्दा तीन जनाबीच कुनै कामलाई लिएर योजना बनिरहेको देखिन्छ । यसबारे अनलाइनखबरसँग कुरा गर्दै सलोनले गोदावरीमा आफूहरु घुमघामपछि फोटो खिचाएको बताए । तर योजनाबारे उनले केही खुलाएनन् ।

Next Post

अमेरिकी बागबानी गुरुले फलाए साढे १२ सय किलोको फर्सी !

२६ आश्विन २०८०, शुक्रबार २०:१७
अमेरिकाको मिनिसोटास्थित एकजना बागबानी शिक्षकले सबैभन्दा ठूलो फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका छन् । उनले फलाएको फर्सीको तौल १२ सय ४७ केजी छ । क्यालिफोर्नियामा भएको ५० औं विश्व फर्सी च्याम्पियनसीपमा यो पटक मिनिसोटास्थित आनोकाका बागबानी शिक्षक तथा किसान ट्राभिस गिन्जरले फलाएको फर्सीले उपाधि जितेको छ । यो भीमकाय […]

सम्बन्धित