विप्लवका गतिविधि रोक्न र निर्वाचनको सुरक्षा तयारी गर्न गृह सचिवको निर्देशन

  ।   ३ माघ २०७७, शनिबार २१:४४

सुर्खेत । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेत्र विक्रम चन्द नेतृत्व विप्लव माओवादीका हरेक गतिविधिहरु कडाइका साथ रोक्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीमा सहभागी भएका गृह सचिव न्यौपानेले विप्लवका हरेक गतिविधि पूर्ण रुपमा रोक्नेगरी मिशन बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।

सुर्खेतसँग सीमा जोडिएका तीन प्रदेशका ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आगामी निर्वाचनमा विप्लव माओवादीले गर्ने हरेक गतिविधिहरु रोक्ने खालका योजनाहरु कडाइका साथ लागु गर्न निर्देशन दिएको गोष्ठीमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले नेपालीरैबारलाई जानकारी दिए ।

‘शान्ति सुरक्षा कायम गर्न र नागरिकहरुको जिउ धनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ,’ ति अधिकारीले भने, ‘गोष्ठीमा सहभागी ६ जिल्लामा विप्लवको गतिविधि शुन्य रहेको र सुरक्षा व्यवस्थामा कडाईका साथ लागु गर्न कुनै कसर बाँकी नराखेको रिपोर्टिङ समेत गराएका छौं ।’

तर दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने शान्ति सुरक्षालाई विशेष महत्वका साथ राख्नु पर्ने, अवान्छित गतिविधिमाथि निगरानी राख्नु पर्ने र आगामी निर्वाचनको लागि सुरक्षा व्यवस्था कायम गर्ने खालका योजनाहरुमा केन्द्रित रहेर कार्य सम्पादन गर्न निर्देशन दिनुभएको बताए ।

सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, कर्णाली प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरीका प्रमुखहरु सहभागी थिए ।

गोष्ठी पूर्व भने गृह सचिव न्यौपानेले जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासिय भवनको शिलान्याश गरेको सूचना अधिकारी श्रीशम्सेर रानाले जानकारी दिए । उनकाअनुसार उक्त भवन सात करोड ६१ लाख ५८ हजार लाख लागतमा निर्माण हुनेछ ।

निर्माणका जिम्मा भने सुनकोशी प्रजिल अभियान जेभी काठमाडौंले पाएको छ । गैर आवासिय भवन ३० महिनामा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको रानाले बताए । यसैविच, गृह सचिव न्यौपानेले कार्यालय परिसरमै २१ लाख लागतमा निर्माण भएको जिल्ला आपतकालिन सञ्चालन केन्द्रको पनि उद्घाटन गरेका छन् । सुर्खेतका नौ वटै पालिकाहरुको सहयोगमा केन्द्र निर्माण गरिएको हो ।

Next Post

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

३ माघ २०७७, शनिबार २१:४४
राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेको शनिबार निर्वाचन परिणाम सार्वजनिक गर्न आयोजना गरिएको एक कार्यक्रममा औपचारिक घोषणा गरे । […]

सम्बन्धित