भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट १७ दिनमा बेनी

  ।   २७ आश्विन २०८०, शनिबार ०६:४७

कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन्।जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७ औं दिनमा म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन्।

‘हामी गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौं’, उनले भने, ‘यहाँ ल्याइपुर्‍याउँदा एउटा रोज्जा च्याङ्ग्राको मूल्य ५० देखि ५५ हजार रूपैयाँ परेको छ।’

उनीहरू जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्ग हुँदै च्याङ्ग्रा बेच्न बेनी आएका हुन्। मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन्।

स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन्। भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ। तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हुन्।

Next Post

सिंजा गाउँपालिका र दुल्लु नगरपालिका बीच भगिनी सम्वन्ध स्थापना

२७ आश्विन २०८०, शनिबार ०६:४७
सिंजा गाउँपालिका जुम्ला र दुल्लु नगरपालिका दैलेख बीच भगिनी स्थापना भएको छ । ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दुल्लु नगरपालिका र सिजा गाँउपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको हो । संघीय भौतिक पूर्बाधारमन्त्री नन्दा चपाईको उपस्थितिमा दुल्लुका मेयर उपमेयरसँग भगिनी सम्वन्धको ऐतिहासिक निर्णय भएको सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद […]