कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की नियुक्त

  ।   २७ आश्विन २०८०, शनिबार ११:२६

कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन।

बिहीबार कार्कीले एमालेका ३९ र कांग्रेसका ८जना सांसद समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका थिए।  यस अघि  कोसी प्रदेशमा केदार कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बोले  दावीपेस गरेका थिए ।

केदार कार्कीले कांग्रेसका आठ र एमालेका ३९ सांसदको  समर्थनको हस्ताक्षर सहित दावी पेश गरेका थिए । भने  माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि काग्रेसका विद्रोह गरेका आठ सांसद सहित ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

यसरी दुई पक्षले एक्कै सांसदको हस्ताक्षर सहित दावीपेस गरेकाले आज विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर सनाखत गर्ने समय दिइएको थियो । केदार कार्की समूहले हस्ताक्षर सनाखत गर्यो भने माओवादी केन्द्रका इन्द्र आङ्बो उपस्थीत नभएकाले प्रदेश प्रमुख पर्शुराम खापुङले  केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ती गरेका हुन ।

Next Post

मनाङ एयरको हेलिकप्टर दुर्घटना

२७ आश्विन २०८०, शनिबार ११:२६
रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको  छ।सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । आज बिहान ७:१३ मिनेट हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताएका छन्। पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा […]