टीकाको साइत मंगलबार ११ः०२ बजे

  ।   ४ कार्तिक २०८०, शनिबार ०७:१८

काठमाडौँ — बडादसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

Next Post

दसैंमा जुम्ली घोडादौड

४ कार्तिक २०८०, शनिबार ०७:१८
जुम्लाको  सदरमुकाम खलंगामा रहेको राजासिममा शनिबार घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ। दशैको फुलपातीको बेलामा परम्परादेखि जुम्लामा चल्दै आएको जुम्ली घोडा दौड प्रतियोगिताले यो वर्ष पनि निरन्तरता पाएको हो।  यस अघि २०५५/०५६ सालमा जुम्ला विमानस्थल पक्की भएपछि परम्परादेखि चल्दै आएको घोडा दौड प्रतियोगिता रोकिएको चन्दननाथ नगरपालिकाका उप-मेयर रामदेवी खड्काले बताइन्। […]