आठ बर्षपछि सशस्त्र प्रहरी आफ्नै ब्यारेकमा

  ।   २४ पुष २०८०, मंगलवार ११:०३

जुम्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्ला आठ बर्षपछि आफ्नै भवनमा सरेको छ । सशस्त्र प्रहरीको आफ्नै भवनहरु नहुंदा पाँच ठाउँमा छरिएर बसेको थियो ।
तातोपानी ५ स्थित हियाखोलामा स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएपछि सशस्त्र प्रहरीको स्थायी संचरना निर्माण भएका हुन । यसअघि जुम्ला विमानस्थल,महिला बालबालिका कार्यालय,गुम्बा नजिकैको सरकारी भवन, कर्मचारी आवास र जिल्ला प्रशासन कार्यालयमा छरिएर बसेको थियो । जसका कारण समन्वय र सहकार्य गर्न निकै कठिन थियो । गणपति चेतराज जोशीले नयाँ भवनमा सरेपछि हरेक बिषयमा समन्वय गर्न सहज भएको बताए । कर्णालीका साविक ५ जिल्लामा करिब ६ सय बढी दरबन्दी रहेकोमा जुम्लामा मात्रै ३० सय जना जनशक्ति बस्ने गरेका छन ।
नेपालमा शसस्त्र प्रहरी बलको २०५७ सालमा गठन भएपनि जुम्लामा २०७२ सालदेखि सुरक्षा बेसका रुपमा बसेको थियो । २०७५ साल जेठ २७ को सरकारको निर्णयनुसार शसस्त्र प्रहरी बल नेपाल नं.३३ गण हेटक्वाटर त्रिपुरा जुम्ला नामाकरण गरिएको थियो ।
सहज रूपमा बस्ने र सुत्न ठाउँ त परै जावस नियमित अभ्यास गर्ने फराकिलो स्थानसमेत नभएको अवस्थामा जेनतेन चलिरहेको थियो । दशकदेखि सशस्त्र प्रहरी नियमित अभ्यासबाट समेत बञ्चित थिए । संरचना अभावले नियमित बिहान हुने पिटी, साँझ हुने रोलकाललगायतका अन्य अभ्यास हुन सकेका थिएनन् ।


जुम्लाको शान्ति सुरक्षामा खटिएको ‘सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वार्टर त्रिपुरा जुम्ला’को हालसम्म आफ्नो ब्यारेक नहुँदा थुप्रै समस्या झेल्न बाध्य थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भवनहरुको औपचारीक उद्घाटन गरेपछि सशस्त्र प्रहरीको जनशक्ति तातोपानी ५ स्थित हियाखोलामा बस्न थालेको हो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंलगायतका प्रतिनिधिको सहयोग र शसस्त्र प्रहरीका एसपी चेतराज जोशीको अग्रसरताले तातोपानी गाउँपालिका वडा नं. ५ मा २० हजार ४५ वर्ग मिटर जग्गा नि:शुल्क प्राप्त भएपछि भवन निर्माण प्रक्रिया थालिएको थियो ।
संघीय सरकारबाट बजेट सुनिश्चित भएपछि २०७९ मा सम्झौता भई ०८० पुस १७ गते निर्माण सम्पन्न हुने सम्झौताअनुसार निर्माणको ठेक्का पाएको (ओम बज्रहरी जेभी) कम्पनीले निर्धारित ११ महिनामै काम सम्पन्न गरेको छ । गत आर्थिक बर्षकोे फागुन २५ गते शिलन्यास भएको भवन चालु आर्थिक बर्षकोे असोज २५ गते हस्तान्ततरण भएको थियो । कार्यालय भवन, जवान ब्यारेक, जवानको क्वार्टर गार्ड र गणपति निवासलगायतका सबै संरचना निर्माण भएर समेत शसस्त्र प्रहरी सदरमुकाम खलंगाबाट नवनिर्मित भवनमा समेत सरीसेको छ ।


शसस्त्र प्रहरी महानिरिक्षक अर्यालले छरिएर रहेको शसस्त्र प्रहरीलाई स्थायी संरचना निर्माणका लागि सहयोग गर्नेप्रति कृतज्ञता व्यक्त गरे । उनले गणपति चेतराज जोशीले छोटो समयमै गरेको कामको उच्च प्रसंसा गरे । ‘बद्ढो परिवेश, भूराजनीति, सहरीकरण, जनसंख्या वृद्धिसँगै सुरक्षा चुनौती बढ्दो छ । यी चुनौतीहरुको सामना गर्दै शसस्त्र प्रहरी शान्ति सुरक्षामा तैनाथ छ,’ उनले भने, ‘समायनुकुल शसस्त्र प्रहरीले आफ्नो सेवालाई विस्तार गर्नु पनि जरुरी छ । स्थायी बसोबास गरेको शसस्त्र प्रहरीले जुम्लाको शान्ति सुरक्षामा विशेष जोड दिने अपेक्षा छ ।’


हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले देश जनताको रक्षा गर्ने सुरक्षाकर्मी सर्वप्रथम आफैँ सुरक्षित भएमात्र देशको शान्ति सुरक्षा मजबुद हुने बताए । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विभिन्न कठिनाइका बिच शसस्त्र प्रहरीको गण तातोपानीमा स्थापना गर्न सफल भएको बताए। भवन अभावमा वर्षौँ बिताए पनि अब आफ्नै सुविधायुक्त भवनबाट नागरिकको रक्षाका लागि खट्ने आशा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे सम्झौता बमोजिम निर्धारित समयमै शसस्त्र प्रहरीको भवन निर्माण भएपछि सरकारी विकास पनि निर्धारित समयमै हुँदो रहेछ भन्ने सन्देश प्रवाह भएको बताए । स्थायी संरचना पछि अब शसस्त्र प्रहरी ढुक्कले नागरिकको सुरक्षामा खटिने विश्वास व्यक्त गरे ।

Next Post

देवता मान्छौं, छाउपडी प्रथा मान्दैनौं

२४ पुष २०८०, मंगलवार ११:०३
जुम्लाको पातारासी गाउँपालिका ४ तिर्खु गाउँका ६७ वर्षका जगबहादुर बोहोरा महादेव धामी हुन्। उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए। छाउपडी प्रथाका मुख्य गढ मानिने देवताका धामीझाँक्री डाँगी (पुजारी) ले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरे। उनीहरूको एउटै स्वर थियो, ‘देवता मान्छौं, छाउपडी प्रथा मान्दैनौं। महिनावारी भएकी छोरी र बुहारीलाई घरमै […]

सम्बन्धित