टोलटोलमा अभिभावक शिक्षा,घरघरमा पढाइ कुना

  ।   १२ माघ २०८०, शुक्रबार १२:११

जुम्लाको हिमा गाउँँपालिका १ र २ का टोलटोलमा अभिभावक शिक्षा र घरघरमा पढाइ कुना सुरु भएको छ । कालिका माध्यमिक विद्यालयको सेवा क्षेत्रका टोल र घरहरुमा अभिभावक शिक्षा र पढाइकुना सुरु भएको हो ।
विद्यालयहरुमा हिउँदे विदा भएकोले शिक्षकहरुले अभिभावक शिक्षा दिन थालेका हुन । प्रधानाध्यापक खाम्बा शाहीले समुदायमा अभिभावक शिक्षा र घरदैलोमा पढाइ कुना एकसाथ सुरु भएको बताए । हिमा १ मा बड्की, जोगिबाडा, बाजागाडा, कोईरेली गाउँ पर्छन ।
अभिभावकका घरघरमा पुगेर शिक्षाको महत्व, फाईदा, स्कुल पढ्ने बालबालिकाको आनीबानी लगायतका बिषयमा पढाउने गरिएको छ । साथै बालबालिकाको आनीबानी बिकास गर्न ७ वटा संन्देश दिने गरिएको प्रधानाध्यापक शाहीले बताए । ‘हिउदे विदाका समयमा विद्यालय बन्द छन् तर अभिभावकलाई आफ्ना वालवालिकाको शिक्षामा सचेत गराउन यो अभियानको लक्ष्य हो’,प्रधानाध्यापक शाहीले भने ।
विद्यालयले प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको साझेदारीमा संचालित बालिका सशक्त परियोजनाको सहयोगमा अभिभावक शिक्षा र पढाइकुना सुरु भएको पेस नेपालका सुपरिबेक्षक शंकरप्रसाद उपाध्यायले जानकारी दिए । यो अभियानमा समुदायका एक सय ५० जना संलग्न छन ।
पॉच गाउ‘मा ५ टोल शिक्षा सुधार र एकघर एक पढाइकुना व्यवस्थापन समिति गठन गरिएको छ । समितिले आफ्नो समुदायमा एकघर एक पढाई कुना निर्माण गर्न निरन्तर अभियान संचालन गर्ने छन । बड्की गाउँ निवासी मेघबहादुर शाहीका अनुसार यो अभिभावक शिक्षा निकै प्रभावकारी बनेको छ । हिमा गाउँपालिका २ कोईरेली गाउँका खाम्वा रोकायाका अनुसार यो भन्दा पहिला हामीलाई घरमा पढाई कुना भएको भन्ने थाहा नभएको बताए ।

Next Post

विवाह गर्न वडाको सिफारिस अनिवार्य

१२ माघ २०८०, शुक्रबार १२:११
जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो। तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागु नै गरेका छन्। ‘२६ […]