करेन्ट लागेर उपाध्यायको मृत्यु

  ।   १ चैत्र २०८०, बिहीबार ०८:४१

जुम्ला ।
जुम्ला तातोपानी गाउँपालिका ४ गिडिखोलाका ३५ बर्षिय कालीप्रसाद उपाध्यायको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । गिडिखोला स्थित जालपादेवी विद्युत आयोजनाका संस्थापक अपरेटरका रुपमा कार्यरत उपाध्याय बुधबार सॉझ करेन्ट लागेर घाइते भएका थिए ।
वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार मृतक उपाध्याय विद्युतको ट्रान्सफर्मरमा झुण्डिएको अवस्थामा भेटिएका थिए । ‘स्थानीयले देखेपछि मात्र करेन्ट लागेर झुण्डिएको थाहा पाइयो’,उनले भने ।
करेन्ट लागेर घाइते उपाध्यायलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । उनी पर्थेनी घट्टेगाड स्थित ७५ केभीको ट्रासफर्मरमा चढेर विजुली बनाइरहेका थिए । त्यहि बेला उनलाई करेन्ट लागेको स्थानीयले बताएका छन । वडाध्यक्ष रोकायाले भने,‘पौने ६ बजेतिर ट्रान्सफर्मरमा चढेका उपाध्याय झुण्डीएको अबस्थामा स्थानीयले देखेपछि सवैले थाहा पाए । तत्काल उपचारको लागि अस्पताल पुर्याउनले प्रयास भएपनि बचाउन सकेनौ । ’
विद्युत आयोजनाको स्थापना कालदेखिनै कार्यरत उपाध्यायको मृत्युपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई,विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डे,वडाध्यक्ष अमर बहादुर रोकायाले दुःख व्यक्त गरेका छन् । अरुलाई उज्यालो दिने क्रममा आफ्नो परिवारलाई अध्यारोमा पारेको भन्दै दुःख व्यक्त गरिएको हो ।
विद्युत आयोजनाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बिजुली बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएका उपाध्यायको योगदान संधै स्मरणीय हुने बताए ।

Next Post

उद्धारपछि जंंगलमा छाडियो घोरल

१ चैत्र २०८०, बिहीबार ०८:४१
जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरा क्षेत्रमा फेला परेको घोरललाई उद्धारपछि पुन जंगलमै छाडिएको छ। उद्धार गरी डिभिजन वन कार्यालय जुम्लामा राखिएको घोरललाई तीन दिन पछि बुधबार जंगलमा छाडिएको हो। ‘सोमबार फेला परेको उक्त भाले जातको घोरललाई वन कार्यालयको संरक्षणमा राखिएको थियो। स्वास्थ्य परीक्षण गरेर पुन: प्राकृतिक उचित बासस्थानमै छाडिएको छ।’ डिभिजन वन […]

सम्बन्धित