प्रधानन्यायाधीश जबराले भने : आवश्यक परे संविधानसभाको रेकर्ड मगाउँला

  ।   ४ माघ २०७७, आईतवार १९:०६

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाईको क्रममा रिट निवेदकहरुले संविधान निर्माणको समयमा संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।

संवैधानिक इजलासमा आइतबारको बहसका क्रममा अधिवक्ता दिनेश त्रिपाठीले संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका थिए।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त विषय नोट भएको र आवश्यक परे इजलासले रेकर्ड मगाउने बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा १३ वटा रिट परेका छन्।

Next Post

गाँउमा राजनीतिक गतिविधि तीब्र

४ माघ २०७७, आईतवार १९:०६
प्रतिनिधिसभा निर्वाचनका बेला गाउँ राजनीतिमय बनेका छन् । विभिन्न दलहरुले गर्ने सभा सम्मेलनले गाउँमा राजनीतिक गतिविधिले तरंगीत बनाउथ्यो । सम्पन्न चुनावमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी तेस्रो स्थान ओगटे । पहिलो र तेस्रो स्थानमा रहेका दलको पार्टी एकतापछि प्रतिनिधिसभामा दुई तिहाइ बहुमत मात्र पुगेन संसद्मा प्रतिपक्षलाई […]