दलहरूको चुरिफुरीले जनता आक्रोशित छन्, देश दुर्घटनातिर जाँदैछ – नेता शाही

  ।   २९ श्रावण २०८१, मंगलवार १६:४०

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले राजनीतिक दलहरूको चुरीफुरीले जनतामा निराशा बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद शाहीले जनताको निराशा आक्रोश र आवेगमा बद्लिन सक्ने खतरा रहेको बताए । जनतामा रहेको निराशाको सम्बोधन गर्नेबारेमा सबै राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

‘देशमा दलहरूको हालिमुहाली अर्थात चुरिफुरी चलिरहेको छ । जनताको निराशा लामो समय रहिरहन सक्दैन । युवाहरूमा देखिएको निराशा भोलि आवेग र आक्रोशमा बदलिए देशको हविगत के होला ?’, उनले भने, ‘एक पटक सबै दलहरूले यो विषयमा गम्भीर चिन्तन गर्नुपर्ने आवश्यक्ता छ ।’

शाहीले अहिले सबै राजनीतिक दलमाथि अविश्वास बढ्दै गइरहेको बताए । सत्ताको नेतृत्व गरिरहेका दलहरूले यो विषयलाई गम्भीतापूर्वक लिएर समाधान नखोजे देश दुर्घटनामा जाने खतरा बढेको तर्क शाहीले गरे ।

माओवादीले संविधान संशोधन गर्न नहुने नभनेको उनले बताए । माओवादी अग्रगामी संविधान संशोधनको पक्षमा रहेको पनि उनले बताए । संविधान बनाइसकेपछि संघीय ऐन बनाउनुपर्नेमा दलहरूले सत्ताभन्दा अरु कुरामा चासो नदेखाएको उनले बताए ।

Next Post

प्रचण्डको विकल्प नभएको माओबादी निष्कर्ष

२९ श्रावण २०८१, मंगलवार १६:४०
माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेपछि केन्द्रीय समिति बैठकको मिति तय गर्दै बैठक सकिने छ । नेताहरुका अनुसार यो बैठकबाट न कुनै प्रस्ताव आउँछ, न संगठन र नेतृत्वबारे निर्णय नै हुन्छ । सरकारबाट हटेपछि माओवादी निरन्तर बैठकमा छ । […]