जुम्ला कारागारमा एचआइभी र क्षयरोगको निशुल्क शिविर

  ।   २१ आश्विन २०८१, सोमबार २०:२३

जिल्ला कारागार जुम्लामा एचआइभी र क्षयरोगको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कारागाभित्र रहेका कैदीबन्दीलाई एचआइभी र क्षयरोगको निशुल्क शिविर चलाएर स्वास्थ्य परीक्षण गरिएको हो । सबै कैदीबन्दीलाई एकै पटक अस्पताल पु¥याउन नसकिने भएकोले एक दिने शिविर नै राखेर एचआइभी र क्षयरोगको परीक्षण गरिएको हो । कारागार प्रमुख गयाप्रसाद पाण्डेले ९० जना पुरुष र ५ जना महिला कैदीबन्दीको एचआइभी तथा क्षयरोग परीक्षण गरिएको बताए ।
जिल्ला कारागार जुम्लामा एक बच्चा सहित ७ जना महिला र ११६ जना पुरुष गरेर १२३ जना कैदीबन्दी छन । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए । यही असोज ३० गते ६९ औं प्रहरी दिवस परेकोले सोही अवसरमा निशुल्क एचाइभी तथा क्षयरोग शिविर चलाइएको उनको भनाइ छ ।
पछिल्लो समयमा कैदीबन्दीको स्वास्थ्यलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले गहन रुपमा लिइएको छ । यसअघि पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कैदीबन्दीको स्वास्थ्य अवस्था बारेमा नियमित जानकारी लिनुपर्ने बताए । कारागारमा स्वास्थ्य सेवाको पहु‘च बढाउन र कैदीबन्दी बसेकै स्थानबाट स्वास्थ्य सेवा प्रदान गर्नु अहिलेको आवश्यकता हो,प्रमुख जिल्ला अधिकारी शाहीले भने, ‘प्रहरी कार्यालय जुम्लाले कैदीकन्दीको स्वास्थ्य अवस्था बुझ्न सहज बनाइरहेको छ । रोग अनुसारको औषधि प्रयोग गर्न समेत सहज बनाएको छ । यो राम्रो पक्ष हो ।’
जटिल प्रकारका रोगहरु समयमै पत्ता लगाएर अस्पताल र उपयुक्त विशष्टिकृत अस्पतालमा रेफर गर्न स्वास्थ्य शिविरले महत्वपुर्ण काम गर्ने समेत अपेक्षा गरिएको छ । उनले पारिवारिक वातावरणमा बसेर आगामी जीवन सुधारमुलक बनाउन समेत आग्रह गरे ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सामुहिक बसाइ,खानपान,जीवनशैली परिमार्जन गर्दै व्यक्तिगत सरसफाई,खानपिन र जीवन शैलीमा सुधार ल्याउने समेतका बिषयमा प्रहरीले देखाएको सक्रियताको प्रसंसा गरे । कैदीबन्दीलाई लक्षित गर्दै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु राम्रो पक्ष भएकोमा जोड दिए । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको बताए । उनका अनुसार मंगलबार मात्रै स्वास्थ्य परीक्षणको रिर्पोट आउनेछ । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सकहरु लिएर कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको थियो । साथै रोग अनुसारको औषधि समेत प्रदान गरिएको थियो ।

Next Post

प्रथम दीक्षान्त समारोह तयारी पुरा

२१ आश्विन २०८१, सोमबार २०:२३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलोपटक ५८ जना विद्यार्थी दीक्षित गर्दैछ । प्रथम दीक्षान्त समारोहको आयोजना गरेका जनस्वास्थ्य,नर्सिङ र चिकित्साशास्त्र बिषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित हुने भएका हुन । वुधबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्माओलीले विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ । यसअघि भदौ […]