मन्त्री भण्डारीको पहलमा पुर्णता पाउँदै धौलिगाड बृहत खानेपानी आयोजना

  ।   ७ माघ २०७७, बुधबार २०:३१

आर्थिक बर्ष २०६६÷०६७ देखि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय जुम्लाले शुरु गरेको धौलिगाड बृहत खानेपानी आयोजनाले पुर्णता पाउने भएको छ । यो आयोजना कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पहिलो संविधान सभा सदस्य हुदा पहल गरेर निर्माण कार्य अघि बढाएका थिए । बीचमा उनी कुनै पनि पदमा नहुँदा काम अघि बढ्न सकेको छैन । तर कर्णाली प्रदेशमा मन्त्री भएपछि निर्माण प्रक्रिया अघि बढेको छ ।
धौलिगाड परियोजना सञ्चालनका मन्त्री भण्डारीले जुम्लाका सरोकारवाला संग छलफल गरेका छन । धौलीगाड बृहत खानेपानी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) एक अर्ब ४७ करोड रुपियाँको बनेको छ । यो पानी जिल्लाको गुठिचौर गाउँपालिका,चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले उपभोग गर्नेछन् ।
यो आयोजनामा पुरा गर्नको लागि लाभान्वित गाउँ तथा नगरपालिकाले १ प्रतिशत रकम जम्मा गर्नुपर्ने र ९ प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने,‘कुल लागत बजेटको १ प्रतिशत एक करोड ४७ लाख रकम लाभान्वित गाउँ तथा नगरपालिकाले जम्मा गरेपनि आयोजना टेण्डरमा जाने अवस्था रहेको छ । यसका लागि गुठिचौर गाउँपालिका र तातोपानी गाउँपालिका तयार छन् ।’
चन्दननाथ नगरपालिका भित्रका ८ वडा, तातोपानी गाउँपालिका भित्रका ६ वडा र गुठीचौर गाउँपालिका भित्रका ३ वडाका नागरिकले पानी उपयोग गर्न पाउनेछन् ।
अध्यक्ष न्यौपानेका अनुसार लाभान्वित वडाका हिसावमा नगरपालिकाले ६७ लाख, तातोपानीले ५३ लाख र गुठीचौर गाउँपालिकाले २६ लाख ५० हजार नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । गाउँपालिका तथा नगरपालिकाभित्रबाट एक मुल समिति र तीन उपसमिति गठन गर्नु पर्ने व्यवस्था छ । माघ महिनाको दोस्रो साताभित्र समिति गठन गरी रकम जम्मा गर्ने तयारी भईरहेको छ ।
धौलीगाड खानेपानी आयोजना सुरु भएको १३ वर्ष वितेको छ । उनले भने,‘ पहिले नै निर्माण सम्पन्न भएर नागरिकले प्रायप्त मात्रमा पानी प्रयोग गरी सक्नु पर्ने हो, तर बनेन । यो दुखद पक्ष हो । ’ सदरमुकाम बजार नगरपालिका क्षेत्रभित्र खानेपानीको हाहाकार छ । यहाँका जनप्रतिनिधि यो आयोजना प्रति उदासिन छन्, उनले भने,‘नागरिकलाई खानेपानीको आवश्यक छ । कुनै पनि हालतमा यो आयोजना सम्पन्न भएर नागरिकले स्वच्छ खानेपानी खान पाउनु पर्ने माग नागरिक समाजको छ ।‘
यसअघि मुहानमा आठ लाख रुपैयाँमा इन्टेक,पाँच लाख रुपैयाँमा पानी संकलन च्याम्बर निर्माण गरिएको छ । सात लाख रुपैयाँमा पर्खाल घेराबार निर्माण भएको छ । हरेक वर्ष सो आयोजनाका लागि बजेट आएपनि खर्च नभएर फ्रिज जाने गरेको थियो । सरोकारवाला तथा उपभोक्ता समितिले चासो नदिँदा बर्सेनि आयोजनाको नाममा आउने लाखौँ रुपैयाँ फ्रिज हुने गरेको हो ।
आयोजनाका लागि एक हजार तीन सय मिटर जिआईपाइप प्राप्त भएपनि प्रयोग नगर्दा खानेपानी कार्यालयको खुल्लाचौरमा खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ । तत्कालीन खानेपानी मन्त्री प्रेमबहादुर सिंहले धौलीगाड खानेपानी आयोजनाका विषयमा जुम्लामै आएर छलफल गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता गरेर फर्किएका थिए ।

Next Post

आन्दोलनको आँधीले ओली एन्ड कम्पनीलाई उडाउँछ : उपेन्द्र यादव

७ माघ २०७७, बुधबार २०:३१
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको पतनको दिन सुरु भएको बताएका छन् । आन्दोलनको आँधीले ओली एन्ड कम्पनीलाई उडाएर किनारा लगाउने उनले दाबी गरे । ‘कोरोन महामारीबाट जनतालाई बचाउनु, बेरोजगारलाई रोजगारको अवसर सिर्जना गर्नु, मुलुकलाई आर्थिक संकटबाट उभो लगाउनु पर्ने बेलामा असंवैधानिक कदममार्फत संसद […]