प्रकाश बुढ्थापा
दुई वटा बिम्बहरु सत् र असत्, भ्रम र बास्तविकता, न्याय र अन्याय, ईमान र अर्कमण्यता, निष्ठा र धृष्टता, सार्वजनिक र बैयक्तिक चिन्तनका वीच हुने, भैरहने द्धन्द्ध स्वाभाविक हुन ।
समय र घटनाक्रम अनुसार थोर धेर, घटि बडि मात्रामा देखा पर्दछन् तर कालान्तरमा सत्य सत्यनै सावित हुन्छ, न्याय कदापि मर्दैन, कतै बाटो बिराउन सक्छ तर चिरकाल हरण हुदैन, बेईमानीको बिचार, बजार र भविष्य संकुचित छ । सार्वजनिक हितका खातिर प्रस्फटित बिचार र आवाजहरु जन जनको आत्मबलको महासंगा्रम हो ।
अग्रगमन र पश्चगमन विचको लडाईमा अग्रगमनको खुट्टा तानेर बाटोमा अट्काउन सकिन्छ तर बाटो बोकेर लिन सकिदैन ।
बर्तमान नेपालको राजनीतिक परिदृष्यलाई निहाल्दा यदि टाउकोनै दुखेकै हो भने सिटि स्कायन गर्न सकिन्छ, टाउको सल्याक्रिया गर्न परे पर्छ तर टाउको काट्ने धृष्टता गर्न मिल्दैन ।
पाटि, नेता र कार्यकर्ता फर्न परे पर्ला तर संधिय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्व, नेपाली जनताको सार्वभौम अधिकारको रक्षा पद, पैसा र प्रतिष्ठा संग सौदावाजि गर्ने बिषय होईनन् । यसको रक्षार्थ आम नेपाली मौन बर्त र उपबास बस्दैनन् । आवाज बुलन्दीको यात्रा जारी छ, जरुरी छ ।