जुम्लाका सरकारी कार्यालयमा कामकाजी सुचना अधिकारी

  ।   १० माघ २०७७, शनिबार २०:०८

सेवाग्राहीले सही सुचना पाउन नसकेको भन्दै हरेक सरकारी कार्यालयलाई कामकाजी सुचना अधिकारी तोक्न जिल्ला प्रशासन कार्यालय जुम्लाले कडा निर्देशन दिएको छ । नागरिकलाई सूचनाको हकको प्रत्याभूति गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले सुचना अधिकारी तोक्न लगाएको हो ।
अबका सुचना अधिकारी सुचनामा पाख्त हुनेछन् । उनीहरुले दिएको सुचना सही र आधिकारीक हुने भएको छ । सुचना अधिकारीले जुम्लाका नागरिकलाई सुचना माग्न र सुचना पाउने हक सुनिश्चित गर्ने बिश्वास गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
यसअघि सुचना माग्नको लागि सिँधै कार्यालय प्रमुख संग सम्पर्क गर्नु पर्ने अवस्था थियो । अब त्यो हुनेछैन्, प्रमुख जिल्ला अधिकारी िथापा भन्छन्,‘सरकारी कार्यालयहरुले आफ्नो कार्यक्षेत्र भित्र पर्ने हरेक बिषयको सहजै रुपमा सुचना अधिकारीले जानकारी दिन सक्नेछन । नागरिकलाई सुचना प्राप्त गर्न सहज हुनेछ । सही सुचना सेवाग्राही बीच जान थाल्यो भने कार्यालयको अपारदर्शीतामा कुरा उठ्नेछैन । ’
प्रशासन कार्यालयले सम्बन्धित सरकारी कार्यालयको फोन सूचना अधिकारीको मोबाइल नम्बर र ईमेल ठेगाना समेत समावेश गरिएको सुचना सार्वजनिक गरेको छ । हरेक कार्यालयमा सुचना अधिकारी थिए । तर नामकाजी मात्र । अब हरेक कार्यालयमा कामकाजी सुचनाअधिकारी हुने अपेक्षा जुम्लाबासीले गरेका छन् । हरेक सुचना अधिकारीको नाममा कार्यालयको मोबाइल नम्बर निकालिएको छ ।
पहिले तोेकिएका सुचना अधिकारीको फोन व्यक्तिगत थियो । जसले गर्दा सुचना अधिकारीको सवरुवा हुदा सुचना माग्न असहज हुने गरेको थियो । अब सुचना अधिकारी बदलिनेछन् । तर फोन नम्बर बदलिने छैन् । सुचनाको हकको सफल कार्यन्वयनको लागि यो निकै महत्वपुर्ण उपलब्धि हुने विश्वास गरिएकोछ ।
प्रमुख जिल्ला अधिकारी थापा भन्छन्,‘सुचना अधिकारीले आफ्नो कार्यालयले सम्पादन गर्ने कार्यक्रमका बारेमा जानकार हुनुपर्नेछ । गलत सुचना प्रवाह भएको खण्डमा पनि सुचना अधिकारी नै जिम्मेवारी हुनुपर्नेछ । ’
हरेक सरकारी कार्यालयको सुचना अधिकारीको नाम सार्बजनिक भएपछि सेवाग्राहीलाई सुचना लैजान सहज भएको हो ।

Next Post

संसद विघटन विरुद्ध मोटरसाइकल -याली

१० माघ २०७७, शनिबार २०:०८
प्रधानमन्त्री केपी शर्मा वलीले संसद विघटन गरेर संघीयता माथि निर्मम प्रहार गरेको भन्दै प्रचण्ड माधव नेतृत्वको नेकपा जुम्लाले शनिवार मोटरसाइकल र्याली निकालेको छ । सदरमुकाम खलंगा देखि कर्णाली राजमार्गको नाग्म कालिकोट खण्ड सम्म मोटरसाइकल र्याली गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राष्ट्रघति भएको भन्दै सडक संघर्षमा उत्रिएको नेकपाले […]