‘ओली सरकारः किर्तेतन्त्र बन्द गर’ (फोटो फिचर)

  ।   १२ माघ २०७७, सोमबार १४:२०

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ। ओली नेतृत्वको सरकारले अदालतलाई प्रभावित गर्न खोजेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्तिविरुद्ध आन्दोलन गरिएको बताइएको छ।

सोमबार बालुवाटारमा भएको विरोध प्रदशर्नमा सहभागीहरुले सरकारविरुद्ध नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए। उनीहरुले ‘ओली सरकारः राज्य संयन्त्रको दुरुपयोग बन्द गर, ओली सरकारः किर्तेतन्त्र बन्द गर’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिहरुलाई पक्राउ गरेको छ।

 

Next Post

निर्वाचन आयोगको निर्णयले प्रचण्ड–माधव समूह उत्साहित !

१२ माघ २०७७, सोमबार १४:२०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै प्रचण्ड–माधव समूह उत्साहित देखिएको छ । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिक पाउने नेताहरुले बताए । प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार […]