बाजागाडमा हिमा गाउँपालिकाको केन्द्र

  ।   १६ माघ २०७७, शुक्रबार १८:४४

जुम्लाको हिमा गाउँपालिकाको केन्द्र वडा नं. ५ बाजागाडमा तोकिएको छ । यसअघि पटक पटक गाउँपालिका केन्द्र विवाद हुदै आएकोमा आठौँ गाउँ सभाले केन्द्र तोक्ने निर्णय गरेको हो । यो निर्णय संगै हिमा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको हो ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले गाउँपालिका केन्द्र तोक्ने बिषयमा समझदारी भएको बताए । उनले भने,‘गाउँसभाले गाउँपालिका केन्द्र तोक्यो, यो सर्वसम्मत निर्णय हो । अब गाउँपालिका केन्द्र तोक्न बिषयमा विवाद छैन् । ’
जनतालाई समावेशी रुपमा सेवा लिने हिसावले गाउँसभाले केन्द्र तोकेको उपाध्यक्ष हिमाली रोकायाले बताइन् । उनले भनिन्,‘अव केन्द्र निश्चित भयो । गाउँपालिकाको नाममा जग्गा लिने तयारीमा छौँ । ’
सवै जनप्रतिनिधि, राजनैतिकदल र स्थानीयल समेत साथ दिएका हुन् । केन्द्र टुङ्गो लगाउन सबैको समान धारणा छ, प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले भने,‘अब गाउँपालिका भवन निर्माणका लागि पहल हुनेछ । जसका लागि जग्गा नामसारी गर्ने तयारी छ । ’
गाउँसभाले वडानम्बर १ को केन्द्र देवारगाउँमा सार्ने निर्णय गरेको थियो । वडा नम्बर १ का चार जना सदस्यहरुले भने गाउँपालिकाको निर्णय स्वागत योग्य भएपनि वडाको केन्द्र सार्ने बिषय असहमति रहेको बताएका छन् । वडा सदस्य पदबहादुर शाहीले वडामा छलफलमै भईरहेको समयमा गाउँपालिकाबाट हस्तक्षप भएको गुनासो गरे । यता गाउँपालिकाले बड्की र आचार्यलिहीको बीचमा देवारगाउँ भएकाले पायक पर्ने स्थान भएको जनाएको छ ।
लामो समय सम्म अन्यौल भएको गाउँपालिकाको टुंगो लागेपछि स्थायी संरचनाको रुपमा अगाडि बढ्ने आशा स्थानीयले गरेका छन । गाउँपालिकाको केन्द्र टुंगो नलाग्दा अस्थायी घरमा भाडामा बस्नुपरेको थियो ।

Next Post

जुम्लामा कोरोनाविरुद्धको खोप अभियान तीब्र

१६ माघ २०७७, शुक्रबार १८:४४
जुम्लामा कोरोेनाविरुद्धको खोप अभियानलाई तीब्र पारीएको छ । दुई दिनमा २ सय २ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको खोप केन्द्रमा माघ १४ र १५ गते गरी २ सय २ जनालाई खोप लगाएको हो । स्वास्थ्यकर्मी र सरसफाईकर्मी गरी २ सय २ जनालाई […]